मनाङमा हिमपातका कारण खानेपानी समस्या

मनाङमा हिमपातका कारण खानेपानी समस्या

himpat (1)

नेगम परियार, मनाङ । हिमलपारीको जिल्ला मनाङमा गत मंगलबार ८ गतेबाट निरन्तर भारी हिमपात भए पछि जनजिवन अति कस्टकर बन्दै आएको छ ।

भारी हिमपातका कारण खानेपानीमा थप समस्या आएको छ । पानी जमेपछि खाने पानीमा थप समस्या आएको मनाङ जिल्लाको सदरमुकाम चामेमा होटलमा कुक काम गर्दै आएका रबि गुरुङले बताए । खानेपानी समस्या भए पछि होटलमा खाना बनाउन लगाएत पानीबाट गरिने काम गर्न समस्या भएको गुरुङले बताए ।

साथै खाने पानी पनि नभएको र खाने पानी लिनको लागी टाढा बाट ड्रम जर्किन गाग्रीमा ओसारेर काम चलाएको चामेका अर्का ब्यापारी धिरज जैसवालले बताए । उनका अनुसार बर्षै पिच्छे हिमपातको समयमा यस्तो समस्या हुने गरेको जैसवालले बताए । गत ८ गतेबाट निरन्तर भारी मात्रामा हिमपात भएको आज माघ १३ गतेका दिन सम्म पनि हिमपात भैरहेको छ ।

मनाङ जिल्लाको सदरमुकाम चामे मा नै करिब ४ फिट भन्दा बढी बाक्लो हिउँ जमेको छ । भारी हिमपातका कारण मनाङ जिल्ला सुनसान छ । खाने पानी मात्र होईन भारीहिमपात का कारण सवारी साधन समेत पुर्णरुपमा ठप्प छ । सवारी साधन ठप्प भए पछि मनाङमा दैनिक उपभोगहुने तरकारी तथा मासु लगाएतका खाद्य सामाग्री समेतमा अभाब भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ