मनाङमा जमेको हिउँ नपग्लदै पुनः भारी हिमपात, – २०’ तापक्रम

मनाङमा जमेको हिउँ नपग्लदै पुनः भारी हिमपात, – २०’ तापक्रम

manang himpat (1)

नेगम परियार, मनाङ । हिमाली जिल्ला मनाङमा माघ ८ गतेबाट बाक्लो मात्रामा जमेको हिउँ नपग्लदै पुनः भारी हिमपात भएको छ । माघ २३ गते दिउँसोबाटै भएको हिमपात अझै परिरहेको छ । बिशेष गरी मनाङ जिल्लाका माथिल्ला भेगहरु ढुकुर पोखरी, पिसाङ, हुम्डे, ध्यारु, ङावल, भ्राका, उपर मनाङ, टंकी मनाङ, खाङगसार लगाएतका स्थानहरु बढी प्रभाबित भएको हुम्डेका स्थानीय बासी सेरप गुरुङले बताए ।

पहिलेकै हिउँ बाक्लो जमेको भर्रखर मात्र बिस्तारै पग्लदै गरेको अवस्थामा पुन हिमपात भएकोले झन बढी समस्या भएको हो । मनाङको तल्ला भेगहरुमा भने भारी मात्रामा बर्षा भएको दानाक्यूबाट ठेकेदार नबिन शाहिले बताए । दानाक्यु सम्म हिमपात भएको र सो भन्दा तलका भेगहरु धारापानी र ताल गाउँमा भने भारी मात्रामा बर्षा भएको शाहिले बताए । अब हिउँ पग्लने आशामा बसेका ब्यापारी तथा अन्यहरुलाई हिजो बाट परेको हिमपातले झन थप चिन्तित बनाएको छ ।

 

बाक्लो हिमपातका कारण सवारी साधन चल्न नसके पछि पसलहरुमा दैनिक उपभोग हुने सामानहरु समेत अभाब भैरहेको बेला झन हिजो बाट परेको हिमपातले गर्दा ब्यापारीहरु चिन्तीत भएका हुन । साथै दैनिक उपभोगका लागी आवश्यक सामाग्रीहरु बजारमा अभाब भए पछि स्थानीय बासी तथा कर्मचारीहरु पनि समस्यामा परेको चामेका मनोज खडकाले बताए ।

पुन परेको भारी हिमपातका कारण मनाङ जिल्लाका सबै गाउँ अस्तबेस्त देखिएको छ साथै बजार तथा गाउँहरु समेत सुन सान भएको छ । हिमपातसंगै हावाहुरी पनि चलेको कारण सबै घर भित्रबाट बाहिर निस्कन समेत समस्या भएको चामेका स्थानीय सन्तोष लामाले बताए । माघ ८ गतेबाट परेको हिमपातका कारण मनाङको नासोँ गाउँपालिका दानाक्यु भन्दा माथी सवारी साधन हाल सम्म पनि चल्न सकेको छैन । सवारी साधन चल्न नसके पछि मनाङका माथिल्ला भेगहरुमा बढी मात्रामा समस्या भएको उपर मनाङका होटल ब्यबसायिले बताए ।

भारी हिमपात र बाक्लो हिउँ जमेका कारण स्थानीय तथा कर्मचारी पर्यटकहरु मनाङको नासोँ गाउँपालिका दानाक्युबाट नै हिउँमाथी चिप्लदै ,लडदै दानाक्युबाट पैदल आउने गरेका छन । साथै मनाङ जिल्लाको सदरमुकाम चामे बाट माथिल्ला क्षेत्रहरुमा भैरहेको बिकास निमार्णका कार्यहरु समेत ठप्प रहेको छ ।

यस बर्षको हिमपात मनाङमा १६ बर्ष यता कै सबै भन्दा ठुलो हिमपात भएको चामेका स्थानीय बिर सिंह गुरुङले बताए । आज भन्दा १६ बर्ष अगाडी २०५९ सालमा यसरी नै बाक्लो र लामो समय हिउँ परेका गुरुङले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ