यसरी टिपिन्छन् जिम्बु

यसरी टिपिन्छन् जिम्बु

jimbu khojdai (1)

नेगम परियार, मनाङ । उच्च हिमाली क्षेत्रमा पाइने जिम्बु बेचेर यहाँका कृषकले आकर्षक आम्दानी गर्ने गरेका छन् । लेकमा पाइने जिम्बु स्थानीयबासीका लागि आयस्रोतको भरपर्दो माध्यम बन्दै गएको छ ।

जिम्बुले बजारमा उचित मुल्य पाउन थालेपछि उनीहरु उत्साहित भएका छन् । अचार, दाल र तरकारीलाई स्वादिष्ट बनाउन प्रयोग गरिने जिम्बु बेचेर घरखर्च समेत जुटाउने गरेका छन् ।

सर्वसाधारणले जिम्बुलाई खाना स्वादिष्ट बनाउन मात्र नभई घरेलु औषधीको रुपमा प्रयोग गर्ने गर्छन् । समुह बनाएर लामो समयसम्म बिकट लेकमै बसि बर्षको एक पटक निकै जोखिम मोलेर संकलन गरेको हरियो जिम्बु घरमा ल्याई थिचेर घाममा सुकाई प्रशोधन गरिन्छ ।

Photo: RSS

जिम्बुलाई वेशीतिर हिमाली क्षेत्रको उपहारको रुपमा चिनिन्छ । मुस्ताङका साथै डोल्पाको माथिल्लो भेगमा पनि जिम्बु पाइन्छ । तरकारी, दालमा मिसाएर खाँदा स्वादिलो हुने हुँदा जिम्बु वर्षेनी महंँगो हुँदै गएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds