मनाङमा सुरक्षित र व्यवस्थित कारागार बन्दै

मनाङमा सुरक्षित र व्यवस्थित कारागार बन्दै

Manang karagar

नेगम परियार, मनाङ । हिमाली जिल्ला भन्ने बित्तिकै अति चिसो क्षेत्रको रुपमा चिनिन्छ । हिमाली जिल्ला मनाङ जिल्लामा अब चाडै नै सुरक्षित र ब्यबस्थित कारागार बन्दै छ । मनाङ जिल्लाको सदरमुकाम चामे स्थित माडामा कैदी बन्दीहरुको सुरक्षा ब्यबस्थापनलाई ध्यानमा दिँदै सुरक्षित र ब्यबस्थित कारागार बनाईएको हो ।

मानब अधिकारबाट अनुदान प्राप्त रकम ९ करोड ७५ लाख ६९ हजार ३ सय ६९ रुपैँयाको लागतमा बन्दै गरेको कारागार ९ रोपनी ३ आना क्षेत्रफलमा बन्दै गरेको मनाङ जिल्लाका कारागारका जेलर शैलेन्द्र कुमार चौधरीले बताए ।

उक्त कारागार २ बर्षको अबधिमा सक्ने भनी जिल्ला भित्र बिभिन्न काम गर्दै आएको लुम्बीनी द क्याराभान कन्ट्रक्सन प्रा.लि ले कारागा निर्माण कार्य पाएको हो । २०७४ श्रावण मसान्तर बाट २०७६ कार्तिक मसान्त सम्म २ बर्ष समयाबधी मा कारागारको काम पुरा गर्ने भनी लिएको ठेक्का हाल सम्म ३० प्रतिशत मात्र काम पुरा भएको मनाङ जिल्लाका कारागारका जेलर शैलेन्द्र कुमार चौधरीले बताए ।

कारागारमा कैदिबन्दीहरुको लागी महिला १० कोठा र पुरुष १० कोठा हुने चौधरीले बताए । बाकीँ प्रशासन फाँट, अफिस सञ्चालन,भेटघाट कक्ष, फराकिलो खेलकुद मैदान र कैदीबन्दीको लागी पढनको लागी लाईब्रेरी पनि बनाईने भएको कारागारका जेलर शैलेन्द्र कुमार चौधरीले बताए ।

मनाङको कारागारमा हाल सम्म महिला कैदीबन्दी नभएकोले हालको कारागारमा महिला कक्ष समेत नभएको जानकारी आएको छ । हालको कारागारमा सानो ठाउँ ब्यबस्थित र सुरक्षित नभएकोले अब चाडै नै सुरक्षित र ब्यबस्थित कारागार बने पछि कैदिबन्दी तथा सुरक्षा कर्मी लगाएत भेटघाट गर्न जाने अभिभावकहरुलाई पनि सहज पुग्ने भएको छ ।

मौषम र सडकको समस्याले गर्दा अलि काममा ढिलाई भएको हो , मौषम र सडकमा समस्या नभएमा तोकिएको समय भित्र नै काम पुरा गर्नमा लागी परेको ठेकेदार पक्षका सुपरभाईजर नारायन लामाले भने । जिल्लाको कारागार समय भित्र नै निर्माण कार्य सक्नको लागी कम्पनीलाई समेत झकझकाई रहेको प्रमुख जिल्ला अधिकारी रुद्र नाथ देबकोटाले बताए ।

हाल मनाङ जिल्लाको कारागारमा १६ जना कैदीबन्दीहरु रहेका छन ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds