मनाङमा सरसफाई अभियानमा निजामति कर्मचारी

मनाङमा सरसफाई अभियानमा निजामति कर्मचारी

Manang (2)

नेगम परियार, मनाङ । हिमाली जिल्ला मनाङमा सरसफाई अभियान चलेको छ । निजामती कर्मचारी दिवसको अवसरमा मनाङ जिल्लाको सदरमुकाम चामे बजारमा आज सरसफाई गरिएको हो । चामेको नमस्ते गेटबाट चामे गाउँपालिका सम्मको क्षेत्रमा सरसफाई गरिएको हो ।

निजामती कर्मचारी दिवशको अवसरमा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त, चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घले, चामे गाउँपालिकाकावासी, कर्मचारी, सुरक्षाकर्मी बित्तिय संस्था, ब्यापारी संघ संस्था , स्थानिय तहका प्रतिनिधिहरु, आमा समुह बिद्यालय परिवार लगायत सर्वसाधारणको उपस्थितिमा सरसफाई गरिएको कर्मचारी मिलन केन्द्र चामे मनाङका अध्यक्ष खुलानाथ गौतमले जानकारी दिए ।

यसरी नै अब साप्ताहिक वा मासिक रुपमा सरसफाई अभियानलाई निरन्तरता दिनुपर्नेमा उपस्थितले जोड दिएका छन् । मनाङ जिल्ला पर्यटकीय क्षेत्र भएकोले पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्ने र यस्ता अभियानहरु सबै गाउँपालिका तथा गाउँगाउँमा निरन्तर गर्नु पर्ने साथै कुनै संघ संस्थाले मात्र नभई यस्ता अभियानमा स्थानीहरुबाट नै प्रतिनिधित्व गरी सबैले साथ सहयोग गरि अगाडी बढनु पर्नेमा जोड दिइयो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ