मनाङमा रातभर हिमपात (फोटो फिचर)

मनाङमा रातभर हिमपात (फोटो फिचर)

manang himpat (1)

नेगम परियार, मनाङ ।  मनाङमा रातभर हिमपात भएको छ । सो दिन दिउँसैबाट मौषममा खराबी भईरहेको थियो । बिहिबार साँझपखबाट हिमपात सुरु भएपछि मनाङमा अति जाडो बढेको छ । पहिलो पटक हिमपात सामान्य परे पनि बिहीबार परेको रात भरको हिमपातका कारण जिल्लाको तापक्रम अति घटेको छ ।

हिमपातका कारण मानिसहरुको चहल पहल तथा सवारी साधन समेतमा कमी भएको छ । माथिल्ला भेगहरुमा अति धेरैमात्रामा हिमपात परेता पनि मनाङका तल्ला भेगहरुमा भने सामान्य हिमपात भएको हो । मनाङ जिल्लाका माथिल्ला भेगहरु मा ढुकुर पोखरी, पिसाङ्ग, हुम्डे, घ्यारु, ङावल, भ्राका, उपर मनाङ, टंकी मनाङ, खाङ्गसार लगाएतका स्थानहरुमा भारी हिमपात भएको हो । हिमपातका कारण दैनिकी कार्यमा समेत समस्या आएको हुम्डेका स्थानीयबासी राजु गुरुङ्गले बताए ।

  

मनाङ जिल्लाको सदरमुकाम चामेबाट तल्ला भेगहरुमा भने सामान्य हिमपात भएको छ । तर सदरमुकाम चामे भन्दा तलको एक गाउँ तिमाङमा भने बढी नै हिमपात भएको छ । सो स्थान बढी नै हिमपात पर्ने स्थानको रुपमा पनि लिईन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ