मनाङमा हिमपात सुरु (फोटो फिचर)

मनाङमा हिमपात सुरु (फोटो फिचर)

manang himpat (5)

नेगम परियार, मनाङ । हिमाली जिल्ला मनाङमा हिमपात सुरु भएको छ । जिल्लाका माथिल्लो भेगहरुमा हिमपात भए पछि जाडो ह्वात्तै बढेको छ ।

मनाङको सदरमुकाम चामेबाट तलका भेगहरुमा भने सामान्य हिमपात परेको छ । सामान्य हिमपात भएता पनि जाडो भने निकै बढेको छ । हिजो रातभर परेको हिमपातका कारण जिल्लामा अत्यधिक जाडो बढेको छ । हिमपात सुरु भएकोले जनजिवन कष्टकर बनेको छ ।

दैनिक काममा समेत हिमपात पश्चातको जाडोले गर्दा थप समस्या बनेको छ । यता हिमपात पछिको अत्याधिक चिसोका कारण दैनिक कार्यमा समस्या भएता पनि मनाङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरु भने हिउँ खेल्न पाउँदा रमाएका छन ।

अघिल्लो बर्ष पौष १५ गतेबाट हिमपात सुरु भएको थियो । यस बर्ष भने मनाङमा चाँडो हिमपात सुरु भएको छ । मनाङको न्युनतम तापक्रम –११ देखि –१८ डिग्री सेल्सीएस रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ