मनाङमा पर्यटक सिजन सुरु

मनाङमा पर्यटक सिजन सुरु

manang (1)

नेगम परियार, मनाङ । पर्यटन सिजन सुरु भएसंगै हिमाल पारीको जिल्ला मनाङमा पर्यटन सिजन सुरु भएको छ । पर्यटकीय जिल्ला मनाङमा आन्तरिक तथा बाहिय पर्यटकहरुको आगमनमा बिस्तारै बिस्तारै पर्यटकहरुको आगमन सुरु भएको हो ।

बिश्वमै परिचित अन्नपुर्ण पैदल मार्गको रुपमा यस क्षेत्र बाहिय पर्यटकहरुको पहिलो रोजाईको रुपमा रहेको छ । बाहिय पर्यटकमात्र नभई यस क्षेत्र नेपाली आन्तरिक पर्यटकहरुको पनि रोजाई पनि बनेको छ ।

यहाँको बिश्कै अग्लो स्थानमा रहेको तिलिचो ताल, आईस ताल लगायत अन्य तालहरु, हिमश्रृङखला,बिभिन्न प्रशिद्ध गुम्बा, बिभिन्न जडिबुटी, जिबजनावरहरु लगायतका अन्य प्रकृतिक सुन्दरताका कारण पनि यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाई बनेको हो ।

हिमाल पारीको जिल्लाबाट परिचित यस मनाङ जिल्ला र छिमेकी जिल्ला मुस्ताङ जिल्ला जोडने अन्नपुर्ण पैदल मार्गले पर्यटकहरुको मन जितेको छ । लम्जुङको बेशिसहर बाट एकमात्र सडक मार्ग हुदै आउने यस जिल्ला साच्चै भन्ने हो भने स्वर्गको एक टुक्राको रुपमा लिन सकिन्छ ।

भौगोलिक रुपमा बिकटता मानिएता पनि यस जिल्ला आफैमा सुन्दर रहेको जिल्ला हो । बर्षायाम बिस्तारै सकिएसंगै सुन्दर मौषमको सुरुवातसंगै आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमनमा बृद्धि हुन थालेको हो ।

यस क्षेत्र सवारी साधनमा भन्दा बढी पैदल यात्रा आउने पर्यटकहरुको संख्यामा बढी देखिन्छ । बिस्तारै सडकको पनि बिकास भैरहँदा आन्तरिक पर्यटकहरुको आगमनमा पनि बृद्धि भैरहेको एक्यापले जानाएको छ ।

मनाङ जिल्ला अब बिस्तारै बिस्तारै नेपाली चलचित्र तथा म्यूजिक भिडियो गर्न आउनेहरुको मात्रामा पनि बिस्तारै बृद्धि हुन थालेको छ । गत बर्ष नेपाली चलचित्र ए मेरो हजुर २ को शिर्ष गीत तथा सुटिङ भएपछि यस जिल्लाको प्रचार प्रसारमा धेरै नै टेवा पुगेको थियो ।

सोहि चलचित्रका कारण गत बर्ष आन्तरिक पर्यटकहरुको पनि ठुलो मात्रामा बृद्धि भएको थियोे । मनाङ जिल्लालाई फिल्मी नगरीको रुपमा चिनाउन जिल्लाका केहि चलचित्र प्रेमीहरु लागी परि रहेको स्थानयि होटल ब्यबसायी तथा नेपाली चलचित्रका निर्माता बिनोद गुरुङले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ