१९ दिनपछि बेँसीसहर चामे सडक सञ्चा‍लनमा

१९ दिनपछि बेँसीसहर चामे सडक सञ्चा‍लनमा

IMG_1972_o4XNIEiFzK

मनाङ : भदौ २७ गतेको अभिरल वर्षले अवरुद्ध भएको चामे बेँसीसहर सडक आइतबारबाट संचालन भएको छ। पहिरोको कारण अवरुद्ध भएका सवरीसाधान आजबाट संचालन भएको हाे।

लामो समयसम्म सवारी साधन संचालनमा आएपछि मनाङका स्थानीयमा खुसी छाएको छ। दसैँको मुखमा ढिलै भए पनि बाटो खुलेपछि स्थानीय ब्यापारी सर्वसाधारणको जनजीवन सहज भएको छ। सडक अबरुद्ध हुँदा अन्नपूर्ण पदमार्गमा आउने पदयात्री पर्यटक र स्थानीयहरू मर्कामा परेका थिए। निरन्तरको प्रयासपछि आजबाट यातयातका साधानहरू गन्तब्यतर्फ लागेका छन्।

सडक  संचालनमा आएसँगै पर्यटकको पनि चहल-पहल आएको छ। सडक डिभिजन, नेपाली सेना, नेपाल प्रहरीको सहयोगमा सडक संचालन भएको लमजुङका प्रमुख जिल्ला अधिकारी झम्कनाथ ढकालले बताएका छन्। उनका अनुसार सडकको केही ठाउँमा नयाँ ट्रयाक खोलेर यातयात संचालन गरिएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ