पोखराको लेकसाइडमा होटल मनास्लुमा आगलागी भएपछि मध्यरात भागाभाग

पोखराको लेकसाइडमा होटल मनास्लुमा आगलागी भएपछि मध्यरात भागाभाग

manaslu

पोखरा । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा रहेको होटल मनास्लुमा आगलागी हुँदा मध्यरात भागदौड मच्चियो । आठ तलाको उक्त होटलको भुईँ तलामा रहेको मिटरबक्समा विद्युत सर्ट भएर आगो लाग्न सुरु भएपछि होटलमा बसेका ग्राहकहरु अत्तालिए ।

राति साढे १ बजेतिरको समयमा लागेको आगो दमकलको सहायताले नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । सो समयमा होटलमा ३५ जना पाहुना रहेको र घटना लगत्तै केहिलाई भ¥याङको सहयोगले बाहिरबाटै ग्राहकको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

ग्राउण्डफ्लोरमै सुतेका होटलका गार्डले अकस्मात आगोको मुस्लो देखेपछि प्रहरीलाई खबर गरेका थिए । सो समय एक जना चिनियाँ नागरिक र ३४ जना नेपाली ग्राहक रहेको बुझिएको छ ।

तस्विरः खिम लामिछाने

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ