मनकामना केवलकार दुई दिन बन्द हुने (यस्तो छ कारण)

मनकामना केवलकार दुई दिन बन्द हुने (यस्तो छ कारण)

manakamana-cable-car

देशकै सबैभन्दा जेठो केवलकार मनकामना केवलकार दुई दिन बन्द हुने भएको छ । नियमित मर्मत सम्भारको क्रममा आउँदो बिहिबार र शुक्रबार बन्द हुने केवलकारका स्टेशन मेनेजर डिएन कायस्थले जानकारी दिए ।

‘हरेक चार–चार महिनामा केवलकार मर्मत सम्भार गर्ने गरेका छौं’, कायस्थले भने, ‘फागुनको ३० गते र चैत १ गते पनि मर्मत सम्भार गर्दैछौं ।

मर्मत सम्भार हुने दिन केवलकार बन्द हुनेछ ।’ मर्मतसम्भारका का लागि कहिले दुई दिन, कहिले तीनदिन पनि केवलकार बन्द हुने उनले बताए ।


मनकामना केवलकारबाट दैनिक करिब तीनहजार यात्रु आवतजावत गर्ने गर्छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds