आफ्नो कारणले बिमान उडानमा ढिलाइ भएको भन्दै मन्त्रीले दिइन् राजीनामा !

आफ्नो कारणले बिमान उडानमा ढिलाइ भएको भन्दै मन्त्रीले दिइन् राजीनामा !

mantrii rajinama

मेक्सिकोकी वातावरण तथा प्राकृतिक स्रोत मन्त्रीको कारण एउटा व्यवसायीक उडानमा रहेको बिमानको उडान ४० मिनेट ढिलो भएपछि पदबाट राजिनामा दिएकी छिन्।

जोसेफा गोन्जालेज क्लान्कोको आग्रहमा शुक्रबार एरोमेक्सिकोको उडान ४० मिनेट ढिलो गरिएको खुलेपछि राष्ट्रपति आन्ध्र म्यानुएल लोपेज ओब्रडोर समक्ष राजिनामा बुझाएकी हुन्।

‘त्यसलाई न्यायोचित ठह¥याउन सकिन्छ,’ गोन्जाले ब्लान्कोले राजिनामा पत्रमा लेखेकी छिन्, ‘मोक्सिकोको साँचो रुपान्तरणका लागि समानता र न्यायसँग पूर्ण रुपमा मेल हुन आवश्यक छ। कसैलाई कुनै पनि काम गर्दा विशेषाधिकार र सुविधा हुनुहुन्न, आफ्नो खुशीलाई धेरै मानिसका खुशी भन्दा माथि राखिनु हुन्न।’

उडानमा भएको ढिलाईको आम रुपमा अलोचना भएको थियो । सञ्चार माध्यमहरुमा राष्ट्रपतिको आदेशमा ढिलाइ भएको समाचार आएको थियो।

यसमा राष्ट्रपतिले कुनै आदेश नदिएको र आफ्नो कारणले मात्रै त्यस्तो ढिलाइ भएको उनले बताएकी छिन्।

भ्रष्टाचार निर्मूल पार्ने प्रतिवद्धता साथ शासनमा पुगेका लोपेज ओब्राडोरले मन्त्रीको राजिनामा स्वीकार गरेका छन् । राष्ट्रपति लोपेज ओब्राडोरले भ्रष्टाचार, नातावाद शुन्य पार्ने बताएका छन्। रोयटर्स

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ