मापदण्ड पुरा नगर्ने तनहुँका मिनरल वाटर उत्पादक कम्पनी बन्द हुने, अटोमेटिक प्लान्ट अनिवार्य

मापदण्ड पुरा नगर्ने तनहुँका मिनरल वाटर उत्पादक कम्पनी बन्द हुने, अटोमेटिक प्लान्ट अनिवार्य

mineral water

किरण श्रेष्ठ, तनहुँ । तनहुँमा संचालनमा रहेका केहि खानेपानी उद्योगले सरकारी मापदण्ड पुरा गरेका छैनन । मापदण्ड पुरा नगर्ने त्यस्ता खानेपानी उद्योग अब बन्द हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख शिवजी बरालले बताए ।

सरकारले २०७४ असोज २७ गते जारी गरेको पानी निर्देशिका अवहेलना गर्ने खानेपानी उद्योगहरु स्वत बन्द हुने तनहुँका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए । निर्देशिका अनुसार अटोमेटिक प्लान्ट अनिवार्य रहेको उनले बताए ।

अटोमेटिक प्लान्ट उद्योग लाई पहिलो चरणमा ३५ दिन मा म्याद दिएर अटोमेटिक प्लान्ट राख्न समय दिइने पनि प्रजिअ पण्डितले बताए ।

निर्देशिकामा बोतलमा पानि बिक्री गर्ने उद्योगले अनिवार्य स्वचालित प्लान्ट जडान गर्नु पर्ने अर्थात पानि प्रसोधन देखि सिल प्याक सम्म मेसिन आफैले गर्नुपर्ने उल्लेख भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख शिवजी बरालले बताए ।

तनहुँ जिल्लामा ८ वटा खानेपानी उद्योग दर्तामा रहेको र त्यो मध्ये ७ वटा उद्योगले अटोमेटिक प्लान्ट जडान गरेको र बाकि एउटा उद्योगले भने हातैले भर्ने गरेकाले मापदण्ड विपरीत रहेको बराल बताउछन । तनहुँको आबुखैरेनीको बरादी स्थित रहेको मनकामना खानेपानी उद्योग बन्द हुने भएको हो ।

मनकामनाले अटोमेटिक प्लान्ट नराखेको हुँदा बन्द गर्नुपर्ने भएको हो । अटोमेटिक प्लान्ट राख्न नसक्ने भएको हुदाँ उद्योग संचालकले नै बन्द गर्न जनाइसकेको बरालले बताए ।

अटोमेटिक प्लान्ट नहुदा पानीमा मानिसको हातबाट दुषित संक्रमण फैलन सक्ने भएकाले त्यसलाई रोक्न सरकारले यस्तो निर्देशिका जारी गरेको बराल बताउछन । उपभोक्ता स्वास्थ्यमा खेलवाड गर्ने माथी कडा कारबार्ही हुने बरालले बताए ।

के छ त निर्देशिकामा ?

प्रशोधित पानीको गुणस्तर सुधार्न सरकारले पानी उद्योगमा असल उत्पादन अभ्यास (जीएमपी) सरहको मापदण्ड लागू गरेको छ ।

जार र बोतलमा सिलप्याक भएर आउने प्रशोधित पानीको गुणस्तर कायम गर्न मन्त्रालयले खाद्य ऐन २०२३ अन्तर्गत बनेको खाद्य नियमावली २०२७ को नियम ३३ को क बमोजिम नयाँ ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका, २०७४’ जारी गरेको हो ।

निर्देशिकाअनुसार अनिवार्य रूपमा विभागबाट अनुमति लिएर उद्योगहरूले प्रशोधन गर्ने पानीको भण्डारण, प्याकेजिङ सामग्रीको भण्डारण, पूर्व प्रशोधन, पानीको प्रशोधन कक्ष, प्रशोधित पानी भर्ने कक्ष, जार तथा बोटल सफा गर्ने कक्ष, पुनः प्रयोग गर्ने बोटहरूको भण्डारणको लागि पर्याप्त स्थानसहितको उद्योग व्यवस्था गर्नुपर्ने लगायतका भौतिक सुधारका काम गर्नुपर्नेछ ।

पानीको स्रोतको स्वच्छता, कामदार र काम गर्दा लगाइने लुगा, उद्योगबाट आउने फोहोर पानी व्यवस्थापनदेखि कामदारलाई अनिवार्य रूपमा ६ महिनामा एक पटक तालिमको व्यवस्था गर्नुपर्ने व्यवस्था छ ।

कम्तिमा महिनामा एकपटक उद्योगको मान्यताप्राप्त प्रयोगशालाबाट परीक्षण गराउनुपर्ने र हरेक चार महिनामा विभागको प्रयोगशाला वा विभाग मातहतका प्रयोगशालाबाट परीक्षण गराउनुपर्ने लगायतका व्यवस्था निर्देशिकामा गरिएको छ ।

पुराना उद्योगहरूले निर्देशिकाअनुरूपको मापदण्ड पालना गरेर उद्योगमा सुधार गर्नुपर्नेछ भने नयाँ उद्योगहरूले मापदण्ड पालना गरेपछि मात्र उत्पादनको लागि अनुज्ञापत्र पाउनेछन् ।

उद्योगले पालना गर्नुपर्ने लामो सूचीको मापदण्डमा प्रशोधित पानीको प्रत्येक ब्याचको पीटीडीएस, कडापन, फ्री क्लोरीन, आइरन, एमोनिया तथा कोलिफर्म जस्ता आधारभूत प्यारामिटर कम्तिमा टेक्टकिट माध्यमबाट विश्लेषण गरी प्रत्येक महिना अभिलेख अद्यावधिक गर्नुपर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ