मरेको छोरो जिउँदो बनाउने आशाका साथ महिलाले मन्दिरमा गरिन् शिव आराधना

मरेको छोरो जिउँदो बनाउने आशाका साथ महिलाले मन्दिरमा गरिन् शिव आराधना

temple aradghara a

एजेन्सी – भारतको झारखण्डमा रहेको माझी बस्तीमा करेन्ट लागेर शनिवार आकाश सावको मृत्यु भयो । एक मात्र छोरो मरेपछि उसलाई जिउँदो बनाउनका लागि उनकी आमा एक घन्टासम्म मन्दिरमा शिव भगवानको पूजा र आराधना गरिरहिन् । बस्ताकोला सोनार बस्तीको शिव मन्दिरमा यो घटना भएको हो । स्थानीय महिलाहरूले पनि शिव आराधना गरे ।

मानिसहरूले शवमा गोबर लिप्ने, अनि भगवान् शिवलाई फूल चढाउने र पानी तथा दूधको धारा दिने काम गरे । आकाशलाई बचाउनका लागि उनीहरूले भगवानको आराधना गरे । आमालाई आफ्नो छोरो अवश्य बाँच्ने आशा थियो । उनले रोएर पुत्रलाई जिउँदो बनाउन आराधना गरेकी हुन् । स्थानीहरूले चाहिँ शवलाई अन्तिम संस्कार गर्न आमालाई सम्झाइबुझाइ गरे ।

आकाशले स्नातक सकेर पिता दिलीप सावलाई घरनजिकको रासन पसल चलाउन सहायता गर्ने गरेको थियो । शनिवार उसका बुवा रासन लिन झरिया बजार गएका थिए । आमा पुष्पा पनि घरमा थिइनन् । आकाश घरको बाथरूममा बिजुलीको वायरिङ ठीक पार्दै थिए । त्यस क्रममा उनलाई करेन्ट लाग्यो र उनको मृत्यु भयो । आमा घर पुग्दा आकाश बाथरूममा अचेत अवस्थामा रहेको देखिन् ।

एक मात्र छोरो मरेपछि पुष्पा र दिलीप चिच्याई चिच्याई रोए । आकाशकी दिदी किरण पनि घरबाट आइन् अनि भाइको लाश देखेर बेहोश भइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ