कुकुरसँग विवाह गरेकी मोडल भन्छिन्ः ‘पुरुष किन चाहियो ?’

कुकुरसँग विवाह गरेकी मोडल भन्छिन्ः ‘पुरुष किन चाहियो ?’

dog

लन्डन । वेलायती पूर्व मोडलले कुकुरसँग विवाह गरेकी छन् । ४९ वर्षीया इलिजावेथ होडले टेलिभिजन कार्यक्रमको प्रत्यक्ष प्रसारणमा आफूले पालेको कुकुरसँग विवाह गरेकी हुन्।

२ सय २१ प्रेमीसँगको असफल सम्बन्धपछि उनले कुकुरसँग विवाह गरेको बताएकी छन्। इजिजावले सन् १९९० को दशककी चर्चित पेज ३ मोडल हुन्। त्यसबेला वेलायतमा पेज ३ भन्ने ट्रेन्ड थियो। पेज ३ ट्याबलोइड पत्रिकामा मोडलहरु समावेश गरिने स्थान थियो।

उनको एक २५ वर्षीय छोरा समेत छन्। तर धेरैपटकको सम्बन्ध विच्छेद र असफल प्रेम सम्बन्धपछि आफूले सम्बन्धमा दिगोपन चाहेको इलिजावेथको भनाइ छ। उनका अनुसार कुकुर मानिसजस्ता जाली र झेली हुँदैनन्। उनले कुकुरसँग विवाह गरेपछि पुरुषा किन चाहियो भन्ने प्रश्न पनि गरेकी छन्। एजेन्सी

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ