हिमपातका कारण मुस्ताङमा १२ सय पशु चौपाया मरे (फोटो फिचर)

हिमपातका कारण मुस्ताङमा १२ सय पशु चौपाया मरे (फोटो फिचर)

yak parbat

मुस्ताङ– गत फागुन १५ गतेदेखि लगातार परेको हिमपातका कारण मुस्ताङको माथिल्लो भेगमा १२ सय भन्दा बढी पशु चौपाया मरेका छन् ।

लामो समयसम्म लगातार हिमपात परेको कारण चिसामा कठ्याङग्रिएर पशु चौपायाहरु मरेको स्थानीयले जानकारी दिए ।

लगातारको हिमपातका कारण लोमान्थाङ गाउँपालिकामा ८ सय ८८ भेडा च्याङ्ग्रा, २ सय ३९ चौरी, थासाङ गाउँपालिकाका ८ वटा चौँरी मरेको हो ।

Image may contain: sky, outdoor, water and nature
उक्त पशु चौपाया मर्दा स्थानीय कृर्षकहरुलाई करीब २ करोड रुपैँयाको क्षति भएको प्रहरीले जनाएको छ ।

Image may contain: outdoor, water and nature घटनाको थप अनुसन्धानका लागि मुस्ताङका हिमपात प्रभावित क्षेत्रहरुमा प्रहरीको टोली परिचालन गरिएको सीमा प्रहरी चौकी लोमान्थाङले जनाएको छ ।

Image may contain: outdoor and nature

लोमाङथाङ गाउँपालिकाका कार्यकारी अधिकृत सुशील अर्यालले प्रहरी तथा प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुको सक्रियतामा क्षति विवरण संकलन कार्य सुरु गरिएको बताएका छन्  ।

Image may contain: sky, bird, mountain, outdoor and nature

Image may contain: sky, outdoor, water and nature

तस्विरः निरज थकालीको फेसबुकबाट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds