सार्वजनिक बसमा युवतीहरुलाई विर्य छ्यापेपछि प्रहरीले गुहार्यो ‘फेसबुक’ र ‘पोर्नहब’ लाई

सार्वजनिक बसमा युवतीहरुलाई विर्य छ्यापेपछि प्रहरीले गुहार्यो ‘फेसबुक’ र ‘पोर्नहब’ लाई

masturbate

२०७५ माघ ११ गते प्रहरी प्रधान कार्यालयले एउटा प्रेस विज्ञप्ति जारी गर्‍यो। त्यसमा भनिएको थियो – ‘सार्वजनिक सवारी साधनभित्र गरिएको अश्लिल हर्कतसम्बन्धी भिडियोबारे सर्वसाधारण र सामाजिक सञ्जालबाट अवगत हुन आएकाले सो सम्बन्धमा सम्बन्धित इकाइहरुले सुक्ष्म अनुसन्धान गरिरहेका छन्।’ काठमाडौंको सार्वजनिक सवारीसाधन भित्र एक युवकले महिलामाथि गरेको यौन हिंसाबारे सामाजिक सञ्जालबाट दवाबमूलक बहस उठेपछि प्रहरी प्रधान कार्यालयले सो विज्ञप्ति जारी गरेको थियो ।

करिब २० सेकेन्डको भिडियोमा युवकले बसको सिटमै हस्तमैथुन गरेको र महिलाको कपालमा वीर्य छ्यापीदिएको देखिएको थियो। फरक फरक बस, फरक फरक युवती तर एउटै युवक । पाँच वटा भिडियो एकपछि अर्को गरी बाहिरिएको थियो । देशको राजधानीमा भएको यो कुरुप घटनापछि सार्वजनिक यातायातमा महिला सुरक्षाको विषय गम्भीर बनेको थियो। सामाजिक सञ्जालमा ‘ह्यासट्याग स्टपमास्टरबुसिङ’ ट्रेन्डिङ गर्‍यो।सामाजिक सञ्जालबाट दवाब तीब्र भएसँगै प्रहरी प्रधान कार्यालयले विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य छिटै सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको थियो।अनुसन्धानलाई तीब्रता दिए पनि घटनाको ४ महिना बित्दा समेत प्रहरी दोषीसम्म अझै पुग्न सकिरहेको छैन। युवक को हुन् भन्ने पत्ता लगाउन सकिरहेको छैन।

महिलाहरुको जाहेरी र भिडियो प्रमाणका आधारमा अनुसन्धान अघि बढाएको अपराध अनुसन्धान महाशाखाले भिडियोका आधारमा ढल्कु–लगनखेल रुटमा चल्ने बा २ ख ९३२६ नम्बरको सार्वजनिक बस नियन्त्रणमा लियो। युवकले सो भिडियो पहिला आफ्नो फेसबुक र त्यसपछि अश्लिल भिडियो सेयरिङ साइट पोर्नहबमा पोष्ट गरेको पत्ता लगायो।

महानगरीय अपराध महाशाखाका एक अधिकारीका अनुसार हामीसँग युवाले प्रयोग गरेको फेसबुक आइडी र जिमेल ठेगाना पत्ता लगाएका छौं अब उसको विस्तृत विवरण गुगल फेसबुक र पोर्नहबले दिनुपर्ने हुन्छ। प्रहरीमा वुमन रुम रिलोडेड सिस्टर हुड नेपालसहित १७ महिला अधिकारकर्मीले घटनाविरुद्ध ११ माघमा जाहेरी दिएका थिए। प्रहरीले जाहेरीका आधारमा विद्युतीय कारोबार ऐनअनुसार अनुसन्धान प्रक्रिया अघि बढाएको थियो।

घटना अनुसन्धान गर्न दवाबमा रहेको महाशाखाले जाहेरी परे लगत्तै भिडियो पोष्ट गर्ने आइडी पत्ता लगायो। फेसबुक र पोर्नहबमा एउटै नाम गरेको आइडीबाट भिडियो पोष्ट गरिएको छ। ती युवकले अश्लिल भिडियो फेसबुकमा अपलोड र पोर्नहबमा सेयर गर्न पीबोएकेटो नाम गरेको आइडी प्रयोग गरेका छन्। प्रहरी अनुसन्धान योभन्दा अघि बढ्न तीन कम्पनीबाट ती युवकको थप विवरण आवश्यक देखियो गुगल, फेसबुक र पोर्नहब ।

प्रहरीले ती कम्पनीलाई सो आइडीको विस्तृत विवरणका लागि पत्राचार गरेको छ।महाशाखाको साइबर सेलका प्रहरी निरीक्षक प्रविन ताम्राकारकाअनुसार ती कम्पनीहरुले नेपाल प्रहरीलाई विवरण उपलब्ध गराएका छैनन्।हामीले फेसबुक इन्क विलो रोड मेन्लो पार्क कार्यालय भएको फेसबुकलाई डिस्प्याच नम्बर ४४९२ रहेको पत्रमा खुलाएर ती ब्यक्तिका बिषयमा थप विवरण माग गरेका छौं उनले भने गुगल र पोर्नहबलाई पनि पत्राचार गरेका छौं। पोर्न हबलाई डिस्प्याच नम्बर ४४९१ र गुगललाई ४४९० राखेर पत्र सम्प्रेषण भएको छ ।

  • साभार गरिएको ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ