‘पोखरा मिडिया कप’को उपाधि जक्शन सिक्स्टिन ‘ए’लाई

‘पोखरा मिडिया कप’को उपाधि जक्शन सिक्स्टिन ‘ए’लाई

Media cup (1)

पोखरा, ११ भदौ । बिग एफएमको प्रस्तुतिमा भएको पहिलो संस्करणको ‘पोखरा मिडिया कप’ आयोजक ‘जक्शन १६’ कै पोल्टामा परेको छ । फाइनल राउण्डमा आयोजक ‘जक्शन १६’को तर्फबाट खेलेका ‘ए’ र ‘बी’ समूहमध्ये समूह ‘ए’ विजेता बन्यो ।

खेलअवधीभर दुवै पक्षबाट १–१ गोल भएको थियो । बराबरीमा सकिएको खेलको निर्णय टाइब्रेकरले गरेको थियो । टाइब्रेकरको क्रममा ‘जक्शन १६’को समूह ‘ए’का गोलकिपरले गौसब गुरुङले उत्कृष्ट बचाऊ गर्दै आफ्नो समूहलाई जिताएका थिए ।

पहिलो सँस्करणको पोखरा मिडिया कपको विजेता बनेसँगै आयोजक जक्शन १६ ‘ए’ले नगद ३५ हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । यस्तै उपविजेता बन्दै जक्शन १६ ‘बी’ले २० हजार रुपैयाँ नगदसँगै ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । खेलाडीहरुलाई साझा पार्टीका गण्डकी संयोजक महेश भण्डारी, नेपाली फुटबल टिमका पुर्वकप्तान अनिल गुरुङ र म्याट्रिक्स एरेनाका संचालक अमनविक्रम थापाले पुरस्कार प्रदान गरेका थिए ।

त्यो भन्दा अगाडि प्रतियोगिताका प्रमुख अतिथि समेत रहेका प्रदेश सांसद बिन्दुकुमार थापाले सबै सहभागीलाई धन्यबाद ज्ञापन गरे । साथै उनले यो प्रतियोगिताले पुरै पत्रकारिता जगत नै फुटसलको माध्यमबाट खेलप्रति आकर्षित भएको महशुस गरेको बताए । ‘यो खेलकुद र पत्रकारिता क्षेत्रकै लागि राम्रो सन्देश हो । र, व्यक्तिगत रुपमा पनि हरेक सहभागीलाई यो खेलकुद प्रतियोगिताले राम्रो गर्ने निश्चित नै छ ।’ सांसद थापाले भने–‘आपसमा भाइचारा बढाउनुसँगै स्वास्थ्यप्रति सचेतना पनि जगाउने यस्ता खाले प्रतियोगिताहरुले निरन्तरता पाउनुपर्छ ।’

प्रतियोगितामा सुशान्त गाहामगर उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै विजय नेपालीले उत्कृष्ट गोलकिपरको पुरस्कार प्राप्त गरे । प्रतियोगिता अवधीभर सबैभन्दा धेरै गोल गर्दै निकोलस गुरुङले ‘हाइ स्कोरर’को उपाधी प्राप्त गरे । प्रतियोगिताभर सबैभन्दा अनुशासित खेल खेलेको भन्दै ‘भोग स्टुडियो’ पुरस्कृत भएको थियो ।

यसैबीच आयोजक जक्शन डटकम र सिक्स्टिन प्रोडक्शनले खेल अवधीभर साथ दिने सम्पूर्ण सहभागीहरुसँगै सम्बन्धिन संघसंस्था र प्रायोजकहरुलाई विशेष धन्यबाद दिएको छ । ‘सबै मिडियाकर्मी साथीहरु र सहयोगी संघसंस्थाहरुले साथ दिएकै कारण हामीले सफल रुपमा पहिलो सँस्करणको पोखरा मिडिया कप सम्पन्न गर्न सक्यौँ । र, प्रत्यक्ष÷अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्णलाई धन्यबाद ।’ प्रतियोगिताका सँयोजक अरुण गिरीले भने ।

‘बिग एफएम’को प्रस्तुतीमा भएको प्रतियोगितामा ‘एशियन कंक्रिटो’ र ‘इम्पायर एजुकेशन एण्ड भिसा सर्भिसेज्’ले पावर्ड बाइ टाइटलमा सहकार्य गरेका थिए । त्यस्तै प्रतियोगिताको ब्रट टु यु बाइ टाइटलमा किंग्स इन्स्टिच्यूट, कोइला लाउञ्ज र म्याट्रिक्स एरेना रहेका थिए ।

प्रतियोगिताको विशेष सहयोगीमा चलचित्र पत्रकार संघ कास्की र पोखरा महानगरपालिका रहेका थिए । प्रतियोगिताको रेस्टुरेन्ट पार्टनरमा बियाँ रेस्टुरेन्ट, होटल पार्टनरमा होटल टास्क, हस्पिटल पार्टनरमा पोखरा मेडिकल कलेज, टेलिभिजन पार्टनरमा पोखरा टिभी रहेका थिए ।

त्यस्तै मिडटाउन सिनेमाज्, मुगलान रेस्टुरेन्ट एण्ड बार, इम्प्याक्ट एजुकेशनल सर्भिसेज्, निशान, ओम एब्रोड कन्सल्टेन्सी, डण्डि बियो रेस्टुरेन्ट, प्याराडिसो र स्कुल अफ बार टेन्डर्सले प्रतियोगितालाई प्रायोजन गरेका थिए ।

https://www.facebook.com/Juksoncom/videos/648158442356215/

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ