अब १९ रुपैँयामै मेडिकल रिपोर्ट

अब १९ रुपैँयामै मेडिकल रिपोर्ट

medical report

सांकेतीक तस्बीर

अश्विन दानी, पोखरा । यातायात ब्यबस्थापन तथा सवारी अनुमती पत्र कार्यालय गण्डकीमा अबदेखि १९ रुपैँयामा मेडिकल रिपोर्ट दिन थालेको छ । कार्यालयले सवारी चालक अनुमती पत्र लिन आउने सेवाग्राहीहरुलाई यहि चैत्र १ गतेदेखि १९ रुपैँयामा मेडिकल रिपोर्ट दिने थालेको हो ।

यातायात ब्यबस्थापन तथा सवारी अनुमती पत्र कार्यालय गण्डकीले टेण्डर आव्हान गरि सबैभन्दा कम मूल्यमा सेवा प्रदान गर्ने डा.राजेन्द्र मानन्धरलाई मेडिकल रिपोर्टको जिम्मेवारी दिएको कार्यालय प्रमुख दिपक पोखरेलले जानकारी दिए ।

‘हामिले टेण्डर आव्हान गरेर सबैभन्दा कम मूल्यमा रिपोर्ट तयार पार्नेलाई मेडिकल रिपोर्ट गर्न दिएका हौँँ’ पोखरेलले भने, ‘टेण्डर आव्हान भएर सम्झौता भए अनुसार डा.राजेन्द्र मानन्धरले गत चैत्र १ गतेबाट १९ रुपैँयामा नै मेडिकल रिपोर्ट प्रदान गर्न थाल्नु भएको छ ।’  यस अघि मेडिकल रिपोर्ट बनाउन ९० रुपैँया शुल्क लिने गरिन्थ्यो ।

कार्यालय प्रमुख पोखरेलका अनुसार १८ रुपैँया निरोगिताको प्रमाण पत्र र १ रुपैँया व्लड ग्रुप गरि मेडिकल रिपोर्टका लागि कुल १९ रुपैँया तिर्नुपर्ने छ ।  मेडिकल रिपोर्ट शुल्क ९० रुपैँयाबाट घटेर १९ रुपैँयामा नै बन्ने भएपछि सेवाग्राहीहरुले खुसी ब्यक्त गर्ने गरेको पाखरेलले बताए ।

कसैले अनावश्यक शुल्क मागे उजुरी गर्नुस् :  कार्यालय प्रमुख

सबै सेवा प्रदायक संस्थामा सरकारी दररेट भन्दा बढि शुल्क तिर्नु नपर्ने बताउँदै कोही कसैले अनाबश्यक शुल्क मागे सम्बन्धीत ठाउँमा उजुरी गर्न कार्यालय प्रमुखले सेवाग्रँहीहरुलाई आग्रह गरेका छन् ।

कार्यालय प्रमुख दिपक पोखरेल

‘सरकारी दररेट भन्दा बढि एक रुपैँया पनि कहिकतै दिनु पर्दैन्’ पोखरेलले भने,  ‘कोही नबुझेका मानिसहरुलाई कोहि कसैले ठग्ने र अनाबश्यक शुल्क लिने गर्न सक्छन् । त्यसरी दिनुपनि गलत हो र यदी कसैले त्यसरी अनाबश्यक पैसा मागे भने सबै सेवाग्राहीहरुले सम्बन्धीत ठाउँमा उजुरी गर्नु हुन अनुरोध गर्छु ।’  कार्यालयमा रसिद लिएर मात्रै पैसा दिने गरेमा सेवाग्राहीहरु ठगिनबाट बच्ने गरेको उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds