पर्वत: बुबाले पैसा नदिएपछि १३ दिन अगाडि घर छाडेकी १७ वर्षीया मेनुका मृत भेटिइन्

पर्वत: बुबाले पैसा नदिएपछि १३ दिन अगाडि घर छाडेकी १७ वर्षीया मेनुका मृत भेटिइन्

DEAD-8-1

पर्वतको बिहादी गाउँपालिका ३ रानीपानीकी एक किशोरीको शव स्याङ्जाको मिर्मीमा फेला परेको छ । मङ्सिर ९ गतेदेखि बेपत्ता १७ वर्षीया मेनुका श्रेष्ठको शव कालीगण्डकी जलविद्युत् आयोजनाको ड्याममा शुक्रबार फेला परेको हो ।

उनको खोजी गर्दै जाँदा हराएको १३ दिनपछि सडेको अवस्था शव भेटिएको विहादी–३ का वडाध्यक्ष रणबहादुर आलेले जानकारी दिए । उक्त शव पोष्टमार्टमका लागि वालिङ पठाइएको छ ।

मिर्मीमा होटल व्यवसाय गर्दै आएका रतनबहादुर कुँवरले शुक्रबार बिहान ड्याममा शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए । पारिवारिक स्रोतका अनुसार मृतक श्रेष्ठले बाबुसँंग पैसा मागेकीमा नपाएपछि उनी घरबाट बेपत्ता भएकी थिइन् । त्यही झोँकमा उनले कालीगण्डकी नदीमा हामफालेर आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।

मृतक गुल्मीको पुर्तिघाटस्थित जीवनउद्धार मावि कक्षा ११ को विद्यार्थी हुन् । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds