भारतीय शोमा मेनुकाको चौतर्फी प्रशंसा, जजले भने ‘मुल्याकंन गर्ने हाम्रो औकात छैन’ (भिडियो सहित)

भारतीय शोमा मेनुकाको चौतर्फी प्रशंसा, जजले भने ‘मुल्याकंन गर्ने हाम्रो औकात छैन’ (भिडियो सहित)

Menuka

नेपाली रियालिटी शो नेपाल आइडलमार्फत सबै नेपालीको मन जितेकी गायिका मेनुका पौडेलको सुमधुर आवाजलाई आज पनि बिर्सन सकिन्न । नेपाल आइडलबाट अनपेक्षित रुपमा बाहिरीएकी उनले त्यसपछि पनि आफनो सांगीतिक प्रस्तुतिलाई रोकिनन् । त्यसयता उनले पाश्र्व गायनसंगै केही सुमग गीतहरु गाइसकेकी छिन् । युट्युबमा उनका गीतहरु अत्यधिक संख्यामा भेटिन्छन् ।

सांगीतिक क्षेत्रमा केही गर्ने सोचका साथ लागि परेकी उनी भारतकै चर्चित गायन रियालिटी शो ‘सारेगमप’ मा अडिसन राउण्डबाट सेलेक्ट भएकी थिईन् । नेपालमा पहिलो पटक सारेगमप को अडिसन भएको थियो, जसबाट उनी चुनिएकी थिईन् । जि टिभीबाट प्रसारण भएको उक्त रियालिटी शोमा मेनुकाले मनै छुने प्रस्तुती दिएर मेघा अडिसनका लागि छनौट भएकी छिन् ।

उनले लता मंगेशकरको आवाजमा रहेको “जाने क्या बात है” गीत गाउँदा शोमा उपस्थित जजसंगै जुरी मेम्बरहरु समेत रोएका थिए भने उनको प्रस्तुतीको सरहाना गर्दे सबै जजहरुले स्ट्याण्डिङ ओभिसन दिएका थिए ।

जजको रुपमा रहेका संगितकार शेखर रबजानी, सोना मोहपत्रा र वाजिद खानले मेनुकाको खुलेर प्रशंसा गरे भने शेखरले त आफनो आँसु थाम्नै सकेनन् । उनी भन्छिन् “तिम्रो गायनको जज गर्ने मेरो कुनै औकात छैन” । मेघा अडिसनका लागि छनौट भएकी मेनुकालाई सम्पुर्ण नेपालीहरुको तर्फबाट बधाई तथा शुभकामना…

https://www.facebook.com/gandaknews/videos/2258910404387165/

नेपाल आइडलबाट बाहिरिँदाको क्षण:

https://www.facebook.com/ranjan.page/videos/1381567681924989/

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ