माइकल ज्याक्सन निधनको दश वर्षपछि खुल्यो रहस्य

माइकल ज्याक्सन निधनको दश वर्षपछि खुल्यो रहस्य

michael-jackson-june-2019

पप स्टार माइकल ज्याक्सनको निधन भएको १० वर्ष पूरा भएपछि उनका बारे नयाँ रहस्य खुलेको छ । उनको कपालमा रौं नभएको रहस्य खुलेको हो । ज्याक्सन आफ्नो सानदार हेयरस्टाइलका कारण पनि लोकप्रीय थिए ।

ज्याक्सनको रहस्यमयी मृत्युबारे छानविनमा सहभागी गुप्तचर स्कट स्मिथले उक्त खुलासा गरेका हुन् । ज्याक्सन आफ्नो सानदार कपालका कारण चर्चित थिए । उनको स्टाइलिस कपाल फेशनको दुनियाँमा    चल्थ्यो ।

सन् २००९ मा अत्याधिक औषधी सेवनबाट ज्याक्सनको मृत्यु भएको थियो । घटना अझै रहस्यमय नै छ । उनका व्यक्तिगत चिकित्सक कोनराड मुरेमाथि बढी औषधी सेवन गर्न लगाएको आरोप लागेको थियो । ज्याक्सन मर्नुपर्ने मान्छे नभएको गुप्तचर स्मिथले खुलाएका छन् । उनी स्वस्थ भएको र कोठामा शंकास्पद वस्तुहरु फेला परेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds