सावधान ! धान कुट्ने मिलको फित्तामा बेरिएला ? लमजुङमा सपना घाईते

सावधान ! धान कुट्ने मिलको फित्तामा बेरिएला ? लमजुङमा सपना घाईते

mil

लमजुङमा धान कुट्ने क्रममा मिलको फित्तामा बेरिएर सपना मिजार घाईते भएकी छिन् । बेसिशहर नगरपालिका ११ चिति मा रहेको धान कुट्ने मिलमा सोमबार सोही ठाउँकी ३० वर्षीय मिजारको सल फित्तामा बेरिन पुगेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

घटनापछि घाईते भई उपचारको लागि जिल्ला सामुदायिक अस्पताल बेसिशहर पठाईएको प्रहरीले जनाएको । उक्त स्थानमा प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

मिलमा फित्ता आसपास बस्नु हुँदैन । कपडामा अल्झिएर फित्ताले बेर्दा कतिको ज्यान गएको समाचारहरु आइरहन्छन् । डेढ वर्ष अघि रौतहटको बौधीमाई नगरपालिका – ५ मा मिलको फित्तामा बेरिएर ३२ वर्षीया रामपतिया देवीको मृत्यु भएको थियो । जुन माथि तस्विरमा देख्न सक्छौं । रामपतियाले धान कुटने मिलमा धान राख्न लाग्दा उनको कपडा बेरिएर जीउ तीन टुक्रा बनेकोे थियो ।

मोटरसाइकल दुर्घटना

यस्तै, सोमबार बेसीशहर नगरपालिका २ मा भोटेओडारबाट बेसिशहरतर्फ जाँदै गरेको ग १४ प ८९१२ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई सडकमा पल्टिदाँ चालक लमजुङ कै दोर्दी गाउँपालिक १ बस्ने वर्ष २७ को दिपक अधिकारी घाईते भई उपचारको लागि जिल्ला सामुदायिक अस्पताल बेसिशहर पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ