दुबै मृर्गौला फेल भएको २५ वर्षिया कोपिला भन्छिन्, : छोरीहरुका लागि बाँच्न चाहान्छु

दुबै मृर्गौला फेल भएको २५ वर्षिया कोपिला भन्छिन्, : छोरीहरुका लागि बाँच्न चाहान्छु

mirgaula fail

काठमाडौँ । जीवन जिउने चाहाना सबैको हुन्छ । तर कतिखेर कतातीर मोडिन्छ त्यो भने कसैलाई थाहा हुँदैन । रोगको सिकार नहुन्जेल त जो कोही पनि आफूले सक्ने काममा निरन्तर लागिपर्छन् । जब शरीरमा रोगसगं लड्ने क्षमता नै हुदैन तब केही गर्ने जोस आफै सेलाएर जान्छ । र पिडा सहन बाध्य हुन्छ । त्यसपछि मृत्युलाई कुर्नु बाहेकको अर्को विकल्प नै हुदैन ।

झन हाम्रो जस्तो मुलुकमा त आफूसंग सम्पती भए बाँच्ने आशा हुन्छ नभए मृत्युको शिकार बन्ने । गरिबले त जिउने आशा गर्न पनि गाह्रो छ । पैसा नभए उपचार गर्न सक्दैन । कतिपय बिहाना बेलुकाको छाक टार्न अरुको देशमा गएर ज्यामी काम गर्न बाध्य छन्। त्यसले दैनिकी चलाउन मात्र पुग्छ । भविश्यको लागि जम्मा गर्न सक्ने अवस्था नै हुँदैन त्यसैले उनीहरु आज कमाएको आजै खर्च गर्न विवस छन् ।

पिडामाथि पिडा नै थपिएको हुन्छ । यस्तै भयो बझाङ जिल्लाको बुङ्गल नगरपालिका वडा नम्बर २ का वीर बाहादुर धामीको जीवनमा पनि । उनी सानै उमेरको छदा उनकी आमा र बाबाले संसार छोडे र उनी टुहुराे भए । उनका दाईहरुको पनि मृत्यु भयो र अहिले उनी र दुई दिदीहरु छन् । दिदीहरुले पनि बिबाह गरिसकेका छन् । उनको आमा र बुबा दमको रोगले वितेका वीरबहादुर धामी बताउछन् ।

आमाबाबुको मृत्युपछि मामा घरमा बसेर हुर्किएका वीर बहादुरले कक्षा दश सम्मको पढाई गरेको उनले बताए । त्यसपछि आर्थिक अवस्था कमजोर कै कारण पढाइलाई अगाडि बढाउन सकेनन् र १८ बर्षको उमेरमा बिवाह गरे । उनको श्रीमती अहिले २५ वर्षकी छन् । उनीहरुको दुई छोरीहरु
दुई वर्षकी र ४ वर्षकी छिन् । श्रीमती कोपिला धामीका दुबै मृर्गौलाले काम नगर्ने भएको छ ।कोपिला बिरामी हुँदा श्रीमान वीर बाहादुर भारतमा ज्यामी काम गरिरहेको उनी बताउँछन् । बिरामी भएको थाहा पाउने वितिकै वीर बाहादुर नेपाल फर्किए ।

पहिला पहिला कोपिलालाई बान्ता आउने भएको थियो । उनी गर्भवती पनि भएको हुँदा मृर्गौला खराब भयो होला भन्ने सोच भएन। दिन दिनै गाह्रो हुँदै गएपछि जिल्लाका नजिकैको स्वास्थ्य चौकीमा गइन् । तर त्यहाँ पनि कुनै किसिमको रोग भएको पत्ता लागेन । त्यसपछि धनगडी पुगिन् त्यहाँ बच्चा सुनेको पत्ता लागायो । कोपिलालाई त्यसपछि नेपालगञ्जका कोहलपुर मेडिकल पुर्याएको श्रीमान वीर बहादुरले बताए ।

२०७५ सालको असारदेखि अशोजसम्म कोपीलालाई त्यही राखेको वीर बहादुर बताउछन् । उक्त अस्पतालमा १५ दिन आईसियुमा पनि राखेको उनको भनाइ छ । कोहलपुरको अस्पतालमा एउटा किड्नी अलि अलि सुनेको र गर्भमा रहेको बच्चा प्यारालाइसीस् भएको डाक्टरले बताएको वीरबहादुरले सुनाए । आमालाई बचाउनुपर्छ भन्दै उनीहरुले ८ महिने बच्चाको क्युेरट गिरियो । कोपीला कोहलपुरबाट डिसचार्ज भइन् र महिनामा एक पटक डक्टरले जाँच गर्न आउनु भन्दै औषधि लेखिदिएर घर लैजान अनुमति दिएको वीरुबहादुर बताउँछन् ।

कोपिलाको समस्या भने कम भएन । त्यसपछि कोपिलाको दाई र वीर बहादु मिलेर घरमा भएको केही सामानहरु बेचेर काठमाडौँ ल्याएको वीर बहादुरले बताए । काठमाडौँको टिचिङ अस्पताल आइपुगपछि कोपिलाको दुई वटा किड्नीले काम नगरेको पत्ता लाग्यो । त्यसपछि अहिले डायलसिस्को लागि सामाखुसीको बुलन्द सिद्दी अस्पताल ट्रमा सेन्टरमा लागिरहेका छन् । उपचारका लागि काेपिलालाई धेरै पैसा चाहिन्छ । तर उनीहरुसंग छैन त्यसैले उनीहरुले सहयोगको अपेक्षा गरेका छन् ।

कोपिला आफ्नो भन्दा पनि छोरीहरु र घरको चिन्ता गर्छिन् । उनी आफ्नो झुपडि घरमा चुहेको छ होला भन्दै छोरीहरुले पनि फोन गरेर छिट्टै आउनु भन्दै बोलाएकी बताइन् । माइतीमा पनि आमाबुबा बिरामी नै रहेको कोपिला बताउँछिन् । उनले छोरीहरुले खानेकुरा राम्रोसंग नपाएको गुनासो गरेकी भन्दै आफूहरुलाई पनि खाजा खाने खर्चा समेत नभएको सुनाइन्। उनी गहभरि आँसु पार्दै आफूलाई बचाइदिन आग्रह गर्छिन् ।

कोपिला र वीर बहादुर सुकेधारास्थित एक सानो जस्ताको छानो रहेको कोठामा बस्छन् । उनीहरुको भुइमा ग्यास चुलो र एउटा खुट्टे पलङ छ । उनीहरुको अवस्थाले काेपिलाकाे कसरी उपचार गर्ने भन्ने छ । सहयोगी मनहरुले उनीहरुलाई सहयाग गरेमा उपचार असम्भव भने छैन । काेपिलाकाे सहयाेगका लागि कोपिलाका श्रीमान वीरबाहादुरको मोबाइल नम्बर ९८६८५८४६७९ रहेको छ ।news24nepal.tv

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ