‘मिस क्विन लमजुङ’को उपाधि बेसीशहरकी मोनिका गुरुङ लाइ

‘मिस क्विन लमजुङ’को उपाधि बेसीशहरकी मोनिका गुरुङ लाइ

miss queen l

लमजुङ । लमजुङमा सम्पन्न भएको सौन्दर्य प्रतियोगितामा प्रथम ‘मिस क्विन लमजुङ २०१८’ को उपाधि मोनिका गुरुङले जितेकी छन् । बेसीशहरमा शनिबार सम्पन्न प्रतियोगितामा आठ प्रतियोगीलाई पछि पार्दै मोनिकाले ताज पहिरेकी हुन् । तनहुँ इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित प्रतियोगिताबाट ताजसँगै मोनिकाले नगद रु ५० हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गरेकी छन् ।
विजेता मोनिकाले ताजसँगै प्रतियोगिताको मोष्ट ब्युटिफुल टाइटल पनि हात पारेकी छन् । प्रतियोगितामा फस्ट रनरअपको उपाधि बेसीशहरकी सारा तामाङ र सेकेण्ड रनरअपको उपाधि बेसीशहरकै मोनिका श्रेष्ठले हात पारेकी थिइन् । उनीहरुलाई ताज पहिरिएर उपाधिको ट्रफी, क्रमशः नगद रु १५ हजार, १० हजार र प्रमाणपत्रले सम्मान गरिएको थियो ।
विजेताहरुलाई गण्डकी प्रदेश सभा सांसद मधु अधिकारी, आयोजक संस्थाका अध्यक्ष सरिता थापालगायत प्रतियोगिताका निर्णायकको टोलीले उपाधि प्रदान गरेको थियो । प्रतियोगितामा बेसीशहरकी सुमीना श्रेष्ठले मिस डिसिप्लेन शीर्षकको उपाधि जितेकी छन् ।

त्यस्तै मिस ट्यालेन्ट र मिस फ्रेन्डली उपाधि शर्मिला परियार, मिस फोटोजेनिकमा सलिना पराजुली, मिस स्माइलमा भोटेओडारकी सिम्रोन श्रेष्ठ र मिस स्किनमा पुनम तामाङले उपाधि जितेका छन् । करीब एक महिना लामो प्रशिक्षणपश्चात् शनिबार प्रतियोगिता समापन गरिएको हो ।
आयोजक तनहुँ इभेन्ट म्यानेजमेन्ट दमौलीका अध्यक्ष सरिता थापा मगरले लुकेर रहेका भित्री प्रतिभालाई प्रस्फोटन गराउनुका साथै राष्ट्रिय स्तरसम्म आफ्नो प्रतिभा देखाउन सक्ने बनाउन प्रतियोगिता आयोजना गरेको बताइन् । सो प्रतियोगितामा म्यान अफ द वल्र्ड २०१७ का विजेता डा. रामचन्द्र ठकुरी, रोजी श्रेष्ठ, विशाल एस आलेमगर निर्णायकको भूमिकामा रहेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ