मोडल हण्ट पोखराको उपाधि अन्जली र बिनोदले जिते

मोडल हण्ट पोखराको उपाधि अन्जली र बिनोदले जिते

52013964_2030791256956920_8381529034902732800_o

आशिष पुरी, ५ फागुन/ पोखरा । पहिलो संस्करणको मोडल हण्ट पोखराको उपाधि अन्जली गिरी र विनोद नेपालीले जितेका छन् । रोयल अर्किनी हाउस प्रा।लि. को आयोजनामा पोखरामा शनिबार भएको ग्राण्ड फिनालेमा १३ जना प्रतिष्पर्धीलाई पछि पार्दै उनीहरुले उपाधि चुमेका हुन् ।

प्रतियोगितामा अंकिता भुसाल र डिपलभ सुनार फस्ट रनर्सअप बनेका छन् । समाजसेवी जानु गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । इशा पोख्रेल, अनिश रसाइली र आर्यन रानाको आयोजनामा भएको कार्यक्रममा विजय क्षेत्री, आशिष पुरी र रेनु थापा निर्णायक थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ