भारतीय प्रधानमन्त्री मोदी शिवको शरणमा, केदारनाथमा गरे तपस्या

भारतीय प्रधानमन्त्री मोदी शिवको शरणमा, केदारनाथमा गरे तपस्या

modi-tapasya

काठमाडौं । लोकसभा चुनावमा व्यापक प्रचार पछि प्रधानमन्त्री नरेन्द्र मोदी भगवान शिवको शरणमा केदारनाथ पुगेका छन् । यहाँ मन्दिर परिसरमा पुगेर केदारनाथका तीर्थ पुरोहितहरुले उनको स्वागत गरेका थिए । त्यसपछि उनले भगवान शिवको पूजा अर्चना र रूद्राभिषेकको लागि मन्दिरको गर्भगृहमा पुगे । करिब आधा घण्टा चलेको यस पूजापछि प्रधानमन्त्रीले मन्दिरको परिक्रमा समेत गरेका थिए । उनले त्यहाँ नै श्रद्धालुहरुलाई अभिवादन समेत गरेका थिए ।

केदारनाथ मन्दिर दर्शनपछि प्रधानमन्त्री मोदीले त्यहाँ चलिरहेको पुनर्निर्माण कार्यको समीक्षा समेत गरेका थिए । त्यसपछि प्रधानमन्त्री केदारनाथ गुफामा ध्यानमा बसेका थिए । आइतबार उनी बद्रीनाथ जाने भएका छन् । प्रदेशका प्रहरी महानिर्देशक (कानून र व्यवस्था) अशोक कुमारले प्रधानमन्त्रीको सुरक्षामा मद्देनजर गरी कडा सुरक्षा व्यवस्था अपनाइएको बताएका छन् ।

प्रधानमन्त्री यहाँ हेलिकप्टरबाट उत्रने भएका छन् । उनले स्लेटी रंगको पहाडी पहिरन र पहाडी टोपी पनि लगाएका थिए । उनले कमरमा केसरीको गमछा बाँधेका थिए । हेलिप्याडबाट मन्दिर पुगेका उनी बाटोबाट श्रद्धालुहरु र स्थानीय जनतासँग हात मिलाउँदै अभिवादन गरेका थिए । बीजेपी प्रदेश अध्यक्ष अजय भट्टका अनुसार मोदीको आगमनबाट उत्तराखण्डको जनता र पार्टी एकदमै उत्साहित भएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds