सरकारी कार्यालय नै तिर्दैनन् विद्युत महसुल, ७ दिनभित्रै तिर्न अल्टिमेटम

सरकारी कार्यालय नै तिर्दैनन् विद्युत महसुल, ७ दिनभित्रै तिर्न अल्टिमेटम

nepali-money

पोखरा । नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रले लामो समयसम्म बिद्युत महसुल नतिरेका ग्राहकलाई ७ दिनको अल्टिमेटम दिएको छ ।

बिभिन्न सूचनामार्फत महसुल बुझाउन ताकेता गरेपनि लामो समयसम्म महसुल नतिरेपछि ७ दिनको अल्टिमेटम दिँदै कार्यायले ग्राहकहरुलाई पत्र पठाएको हो । गुल्मी बितरण केन्द्रमा रहेका ग्राहकबाट २८ लाख ५५ हजार ४२६ रुपैयाँ १० पैसा महसुल रकम असुल्न बाँकी रहेको कार्यालयले जानकारी दिएको छ ।

महसुल नतिर्ने मध्ये अधिकांश जिल्लाका सरकारी कार्यालयहरु रहेका छन् । खानेपानी लिफ्टिङ योजना र कुटानी पिसानीलगायतका उद्योगले पनि शुल्क तिरेका छैनन् । ७ दिनको अबधिमा शुल्क नबुझाउने सबैको लाइन काटिने सूचना अधिकारी मेखराज जोशीले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ