दुई महिनामा सरकारले बाँड्यो पौने तीन करोड रुपैयाँ, कस्ले पायो त ?

दुई महिनामा सरकारले बाँड्यो पौने तीन करोड रुपैयाँ, कस्ले पायो त ?

nepali-money

काठमाडौं । आर्थिक वर्ष सुरु भएको पहिलो दुई महिनामै सरकारले आफ्नो डुकुटीबाट विभिन्न राजनीतिक दलका नेता,  पार्टि कार्यालय तथा व्यक्तिका नाममा झन्डै तीन करोड रुपैयाँ बाँडेको छ ।

अर्थ मन्त्रालयका अनुसारआर्थिक वर्ष ०७४७५ को साउन र भदौमा आर्थिक सहायता बजोट शीर्षमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, संघीय संसद सचिवालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत निकायका नाममा उक्त रकम निकासा भइसकेको छ। यस अवधिमा राज्यकोषबाट दुई करोड ७९ लाख रुपैयाँ आर्थिक सहायताका लािग निकासा भइसकेको छ।

यो रकममध्ये साउन महिनामा गंगामाया अधिकारीका लागि २० लाख, एमाले जिल्ला कार्यालय पर्सालाई दुईलाख तीन हजार, पूर्वमन्त्री रामकृष्ण ताम्राकारलाई १५ लाख, राष्ट्रकवि माधव घिमिरेलाई १४ लाख ९८ हजार, विभिन्न व्यक्तिका नाममामा ४६ दाख ५० हजार रुपैयाँ छुट्टाएको समाचार नयाँ पत्रिका दैनिकमा छ।

यस्तै, भदौ महिनामा कांग्रेस नेता नरहरि आचार्यको उपचारका लागि ३३ लाख ६१ हजार, निर्वाचनमा घाइते २४ जनाको उपचारका लागि २७ लाख ६० हजार, दक्षिण एसिया गुठी र काठमाडौं स्कुल अफ ललाई ३० लाख, देशघरका विभिन्न व्यक्तिका नाममा ८९ लाख रुपैया बाँडिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ