फेवातालमा उद्धार कार्यका लागि १० लाखको मोटरबोट

फेवातालमा उद्धार कार्यका लागि १० लाखको मोटरबोट

fewa lake

पोखरा । फेवातालमा उद्धार कार्यका लागि नयाँ मोटरबोट सञ्चालनमा आएको छ । १० लाख रुपैयाँको लागतमा मोटरबोट चलाईएको हो ।

प्याराग्लाइडिङमा हुने सम्भावित दर्घटनालाई न्यूनीकरण गर्न नेपाल हवाई खेलकुद संस्था (ना) नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ, पाइलट क्लब र एक्रो क्लबको पहलमा पोखराको फेवातालमा नयाँ मोटरबोट संचालनमा ल्याइएको हो ।

छिमेकी देश चीनबाट ल्याइएको उक्त मोटरबोट १५ हर्ष पावरको रहेको र उद्धारका लागि निकै सहज हुने पाइलट क्लबका उपाध्यक्ष सुवाश थापाले बताए । उनले भने–‘ना ले ल्याएको पुरानो मोटरबोटले खासै राम्रो संग काम नदिएकोले विभिन्न संघ संस्था र व्यक्तीको पहलमा यो नयाँ मोटरबोट ल्याएका हौं ।’ नयाँ मोटरबोटबाट फेवातालमा हुने आकश्मिक दुर्घटनालाई न्यूनीकरण गर्न सजिलो हुने उनको भनाई थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds