मुलुक समृद्ध बन्न निजि क्षेत्र संलग्न हुनुपर्छ : मन्त्रि गुरुङ

मुलुक समृद्ध बन्न निजि क्षेत्र संलग्न हुनुपर्छ : मन्त्रि गुरुङ

IMG_20190910_131707

तनहुँ । मुलुक समृद्ध बन्न निजि क्षेत्र संलग्न हुनुपर्ने गण्डकी प्रदेशका आर्थिक मामिला तथा याेजनामन्त्री किरण गुरुङले बताए । मंगलबार दमौलीमा समाधान अस्पतालको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । ‘समृद्ध नेपाल निर्माण गर्न सरकारले आधार तयार गर्ने हो’ मन्त्रि गुरुङले भने ‘ बोलेर, भाषण गरेर मात्रै हुदैन काम गर्नुपर्छ ।’

अरु संग मागेर समृद्धि आउदैन त्यसैले सकारात्मक सोचका साथ काम गर्नु पर्ने मन्त्रि गुरुङले बताए । ‘व्यापार र उत्पादन निजि क्षेत्रले गर्नुपर्छ सरकारले होइन’ मन्त्रि गुरुङले भने ‘सरकारले सबैलाई नियमन गर्ने हो ।’

आर्थिक उत्पादनमा सरकार र अर्का कै मुख ताक्ने काम गर्यौ भने समृद्धि हासिल गर्न सक्दैनौ मन्त्रि गुरुङले भने । युवाहरु निजि क्षेत्रबाट व्यवसायमा आउनुपर्ने मन्त्रि गुरुङले बताए ।

समाधान अस्पतालका अध्यक्ष समिम खानको अध्यक्षता उक्त भएको थियो । अस्पतालको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष खानले भने, ‘ साधारण उपचार गर्दा लाग्ने खर्च घटाउन र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको उद्देश्य रहेको छ ।’ त्यस्तै निकट समय मै गाउँ गाउँआ निशुल्क स्वास्थ्य शिविर समेत संचालन गर्ने खानले बताए । अहिले अस्पतालमा ३ जना डाक्टर र ८ जना नर्स कार्यरत छन ।

कार्यक्रममा प्रतिनिधि सभाकी सांसद एवं अस्पतालकी सल्लहाकार कलिला खानले गुणस्तरीय स्वास्थ्य आजको आवश्यकता भएको हुँदा निजि क्षेत्रबाट युवाहरुले गरेको प्रयास एकदम राम्रो भएको बताइन ।

साथै अस्पतालले गुणस्तरीय र सुलभ उपचार सेवा दिनेमा समेत विश्वस्त रहेको उनले बताइन । त्यस्तै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले युवाको स्वास्थ्य क्षेत्र प्रतिको यो कार्य उत्कृष्ट लागेको बताए । अझै धेरै युवाहरु व्यवसायमा आउनुपर्ने वाग्ले बताउछन ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ