तनहुँका मुस्लिम समुदायका महिलालाई तीन महिने सिलाई कटाई तालिम

तनहुँका मुस्लिम समुदायका महिलालाई तीन महिने सिलाई कटाई तालिम

Silai katai Nilkm1

किरण श्रेष्ठ, तनहुँ । मुस्लिम समुदायका महिला तथा किशोरीहरुलाई तीन महिने सिलाई तथा कटाई सम्बन्धि आधारभुत तालिम मंगलबार देखि शुरु भएको छ । निल कुमारी मियाँ फाउन्डेसनको आयोजना तथा नुर मुस्लिम महिला समुहको सहयोगमा मंगलबार देखि दमौलीमा उक्त तालिम सुरु भएको हो ।

मुस्लिम समुदायका महिला तथा किशोरीहरुलाई क्षमता विकास र आत्मनिर्भर बनाउनको लागी तालिम दिन लागेको संस्थाकी अध्यक्ष रुबिना खान बताइन । मंगलबार एक कार्यक्रमका बिच तालिमको प्रतिनिधि सभाकी सांसद कलिला खानले उदघाटन गरेकी थिइन ।

सो अवसरमा मुस्लिम महिला समेत सिप सिलेर स्वरोजगार बनेर आत्मनिर्भर बन्नुपर्ने बताइन । ‘घर भित्रका चुला चौकामा मात्रै महिला सिमित हुनुहुदैन अब आफुले नै सिप सिकेर केहि गरेर समाजमा योगदान पुर्याउनुपर्छ’, सांसद खानले भनिन,’मुस्लिम समुदायका महिलाहरुमा पनि चेतना बढ्दो छ ।’

उनले सो अवसरमा मुस्लिम समुदायका महिला तथा किशोरीलाई यो संस्थाले सिलाई कटाई तालिम दिएर उनिहरुलाई आत्म निर्भर बनाउन लागेकोमा खुसि व्यक्त गरिन ।

मंगलबार देखी शुरु भएको तालिममा १२ जना मुस्लिम महिला तथा किशोरीले तालिम लिनेछन् । एकजना ट्रेनरले उक्त तालिम गराउने आयोजकले जनाएको छ । एक सहभागी महिलाले भनिन,’हाम्रो समुदायमा अवसर नै पाइदैन, अब अहिले आएको यो अवसरको पुर्ण सदुपयोग गर्नेछु ।’

सिप मुलुक तालिमबाट हामी लाभ लिई ब्यवसाय गर्ने सोच बनाएको तालिममा सहभागीहरु बताउछन ।

उक्त आयोजक संस्थाले यस अघि लोपोन्मुख परम्परागत सीप कार्यक्रम गरेको थियो । लोपोन्मुख परम्परागत सीप बारे अन्तरक्रिया तथा आगामी कस्ता कस्ता सम्भावित सीप मुलक तालिम संचालन गर्न सकिने छ भन्ने बारे छलफल समेत संस्थाले गरेको संस्थाकी अध्यक्ष रुबिना खानले जानकारी दिईन ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ