मुस्ताङमा भारी हिमपातले यस्तो देखियो जोमसोम (फोटो फिचर)

मुस्ताङमा भारी हिमपातले यस्तो देखियो जोमसोम (फोटो फिचर)

MG_3783

मुस्ताङ । मुस्ताङमा शुक्रबार राति यस वर्षकै भारी हिमपात भएको छ । हिमपातकै कारण अहिले मुस्ताङबासीहरुको दैनिक जनजीवन नै प्राभावित भएको हो ।

९ बर्ष यताकै यो भारी हिमपात भएको बताइएको छ । हिमपात भएपछि सडक तथा हवाई यातायात पूर्ण रुपमा अवरुद्ध छ । हवाई सेवा पनि २४ घण्टाको लागि स्थागित गरिएको छ ।

पर्यटकीय सौन्दर्यतालाइ हरपल गिज्याइरहने मुस्ताङ हिजोदेखी भने सेताम्य हिउँले गर्दा मनमोहक देखिएको छ । स्थानीयहरु हिउँ खेल्ने गरेको दृश्यले मनलाई नै चन्चल बनाएको देखिन्छ । करिब ९ बर्ष पछि परेको यो भारी हिमपातले मुस्ताङबासिलाइ खुसी बनाएको छ ।

घासादेखी मार्फासम्म परेको १ फिट र कागबेनी आसपासबाट पर्न सुरु गरेको हिउँ लोमान्थाङ सम्मको करि २–३ फिट सम्म परेको छ ।  घाँसा हुदै लेते, कालोपानी, लार्जुङ, कोबाङ , टुकुचे, मार्फा, जोमसोम र उपल्लो मुस्ताङ कागबेनी, मुक्तिनाथ हुँदै लोमान्थाङसम्म भारी हिमपात भएको छ ।

यस बर्ष मात्रै करिब ५ पटकसम्म हिमपात भएपछि चिसो अत्यधिक मात्रामा बढेको छ । हिजो परेको हिउँले त झन् यहाँको जनजीवन नै अस्तव्यस्त भएको छ ।  शुक्रबार परेको हिमपातले गर्दा सिधा सवारी यातायात अन्तरगतका सडकहरु ठप्प रहेको छ । हिमपातले सडक पुरै हिउँ जमेको छ । सडकमा हिउँ जमेकै कारण दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी गुड्न सकिरहेको छैन । यसरी पहिलोपटक २–३ फिट्सम्म परेको हिमपातले मुस्ताङ बासिको दैनिकीलाई नै प्रभावित बनाइदिएको छ ।

डिएनए नेपालबाट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ