वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाद्वारा किसानहरुलाई हाते ट्र्याक्टर बितरण

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाद्वारा किसानहरुलाई हाते ट्र्याक्टर बितरण

हाते ट्रयाक्टर १

सूर्य तिमिल्सिना, मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कृषकहरुका लागि आधुनिक मिनि टिलर अर्थात हाते ट्रयाक्टर वितरण गरेको छ । गाउँपालिकाले कृषिमा आधुनिकि कारण ल्याउने उदेश्यले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको हो ।

गाउँपालिका स्थित कृषि शाखा कागबेनीमा एक कार्यक्रम गरि कृषकहरुलाई १३ थान हाते ट्रयाक्टर वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक रेग्मीले बताए । गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले कृषकहरुलाई आधुनिक कृषि यन्त्र बितरणबाट थोरै लगानीमा धेरै उत्पादन हुने बिश्वास व्यक्त गरे । साथै आधुनिक यन्त्रको प्रयोग संगै परम्परागत शैलीलाई समेत बिर्सन नहुनेमा जोड दिए । गाउँपालिकाले ५० प्रतिशत अनुदानमा वितरण गरिएका हाते ट्रयाक्टरले कृषकहरुका लागि खोनजोत गर्न सजिलो हुनुका साथै कृषि उत्पादनमा पनि वृद्धि हुने कृर्षकहरु बताउँछन् ।

पोखराबाट प्राबिधिक बोलाएरै सिप हस्तान्तरण

साथै हाते ट्रयाक्टर वितरण पश्चात पोखराबाट मेकानिक्स बोलाएरै कृषकहरुलाई त्यसको प्रयोग तथा सामान्य समस्या आउँदा मर्मत गर्नको लागि समेत सिकाइएको छ । कृषि शाखा प्रमुख खड्क भण्डारीका अनुसार गाउँपालिकामा हाते ट्रयाक्टर संग सम्बन्धित प्राबिधिक नभएकोले कृषकहरुको सहजताका लागि पोखराबाट प्राबिधिक बोलाएर उनीहरुलाई यसको प्रयोग गर्न समेत सिकाइएको हो । यसबाट गाउँपालिकाको कृषि उत्पादनम समेत टेवा पुग्ने बिश्वास लिइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

सूर्य तिमिल्सिना

सूर्य तिमिल्सिना

तिमिल्सिना गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ