युवापुस्तामा मुस्ताङ क्रेज (भिडियो रिपोर्ट)

युवापुस्तामा मुस्ताङ क्रेज (भिडियो रिपोर्ट)

44468772_255256138518148_4175427459820290048_n

सुन्दरकुमार थकाली, मुस्ताङ । मुस्ताङमा चिसो ह्वात्तै बढ्दै छ,तर यतिबेला भने यहाँ युवायुवतीको पर्यटकिय रौनकले तापक्रम उत्कर्षमा पुग्दैछ ।वर्षायाम सकिएर हिउँदयाम सुरुआत भएलगत्तै यहाँको पर्यटन व्यसाय गर्मिएको हो ।

वर्षेनी मनाईने महानपर्व दसै बिदाको अवसर मिलाएर मुलुकभरका यूवायूवती यतिबेला मुस्ताङ खनिदै छन् ।म्याग्दीको बेनी देखि मुस्ताङको मुक्तिनाथ सम्मका साना ठुला होटल पर्यटकले भरिभराउ छ ।त्यसो त उपल्लो मुस्ताङ भ्रमण गर्ने आन्तरिक पर्यटकको पनि उक्तिकै चाप छ ।दसै बिदाको मौका छोपेर उत्तरी कोरलानाका सम्म नेपाली पर्यटक पुगेका छन् ।

अक्सर दसै–तिहार, छट पर्वमा सरकारी तथा गैरसरकारी संस्था र बिद्यालयहरु बन्द हुने गर्छ ।दसैको टिका भ्याएर आन्तरिक पर्यटकको घुम्नेथलो मुस्ताङ बनेको हो ।दसै तिहार बिदाको फुर्सदिलो साईत जुराएर १६ वर्षदेखि ४० वर्ष उमेर समूहका यूवायूवती मुस्ताङ भित्रिएका छन् ।प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथको दर्शन तथा यहाको फरक भूगोल हेर्न यूवा यूवतीको मुस्ताङ क्रेज बढेको हो ।

https://www.facebook.com/mustangdairy/videos/475879396239861/

नेपाली चलचित्रमा मुस्ताङको दृष्य छायाङ्कन,विभिन्न संञ्चार माध्यममा मुस्ताङको समाचार,सामाजिक संञ्जालमा मुस्ताङको दृष्य पोष्ट,राउन्ड अन्नपूर्ण पदमार्ग,उत्तरीकोरलानाकाको चर्चा बेनी–जोमसोम,जोमसोम–कोरला राष्ट्रिय गौरवको आयोजना ,यहाको धर्मसंस्कृति,प्राकृतिक सम्पदा आदी कारणले युवाप्ुस्ताको घुमफिरको केन्द्र बनेको हो मुस्ताङ ।दसैको बिदामा सरकारी तथा गैरसरकारी निकाय ,बैङ्क तथा बिक्तिय संस्था,क्याम्पस तथा बिद्यालय,बैदेशिक रोजगारमा गएर घर फर्किएका नेपाली र विभिन्न व्यापार व्यवयासमा आवद्ध नेपाली यतिबेला मुस्ताङ भ्रमणको यात्रामा छन् ।

जिल्ला ट्राफिक कार्यालयका प्रहरी हवल्दार दानप्रसाद नगरकोटीका अनुसार दसैको टिका देखि ३ दिनमा करिव ११ हजार स्वदेसी पर्यटकले मुस्ताङ भ्रमण गरेको जानकारी दिए । उनले यसरी मुस्ताङ घुम्न आउनेमा अधिकाँस नेपाली यूवायूवती रहेको बताए । नगरकोटीका अनुसार यतिबेला दैनिक ६ सयको संख्यामा सवारी साधन मुस्ताङ भित्रिएको बताए ।पर्यटकको चाँपलाई ध्यानमा राखेर उच्चसुरक्षा सर्तकता अपनाईएकाले कुनै घटना नभएको बताए ।उनले सवारी चालक मापदण्ड बिपरित सवारी चलाउनेलाई कारवाही गर्दा १ सातामै १ लाख बढी राजश्व संङ्कलन भएको बताए ।

भक्तपुरकी रामलक्ष्मी प्रजापतीले मुस्ताङको जतिसुकै बखान गरेपनि अपुगै हुने बताईन् । ‘नेपाल प्राकृतिक संम्पदाले धनी देश हो भन्ने कुरा बाल्यकालमा किताबमा मात्रै पढेकी थिए । राजधानीको धुवा र धुलाम्मेले आजित थियौ ,’उनले भनीन्,‘मुस्ताङमा पहिलो पटक आउदा पढेको सबै कुरा यहि देख्यौं । साँच्चै मुस्ताङ स्वर्गकै टुक्रानै रहेछ ।’

काठमान्डौका अर्का यूवा सौरभ खड्काले मुस्ताङको बारेमा साथीहरुबाट धेरैकुरा जानकारी पाएकाले यहाँ आएको बताए ।उनले मुक्तिनाथ दर्शनकै लागि मुस्ताङ आएको उल्लेख गर्दै फर्कने क्रममा कागबेनी,ढुम्बालेक,मार्फाको स्याउबारी अवलोकन गर्ने उद्देश्य रहेको बताए ।

पछिल्लो समय हिमालपारि मुस्ताङ राष्ट्रिय हिसाबले चर्चित बन्दैछ ।केही समय अघि भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणले मुस्ताङ अन्तराष्ट्रिय स्तरमै चर्चामा छ । वारागुङ मुक्तिक्षेत्रमा अवस्थित पवित्रि श्राद्धस्थल कागबेनीमा पनि धार्मिक तीर्थालुको ओईरोनै लाग्छ । मुक्तिनाथको दर्शन गर्न आएका स्वदेसी तीर्थालुले जोमसोम नजिकै रहेको ढुम्बातालको अवलोकन गर्न छुटाउदैन ।

उपल्लो मुस्ताङ जाने पर्यटकले लोमान्थाङ दरबार,छोसेर गुफा र कोरलानाकाको अवलोकन गरेर फर्कने गरेका छन् । मुस्ताङमा पर्यटक लक्षित होटलहरु थपिएपनि वर्षेनी पर्यटकको संख्या बृद्धि हुदै जादा केही साघुरो भएको पर्यटकहरु बताउछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ