मदिराले लठ्ठीएर गाडी चलाउँदा पाेखरा नगरबस घरमै पस्यो (भिडियो)

मदिराले लठ्ठीएर गाडी चलाउँदा पाेखरा नगरबस घरमै पस्यो (भिडियो)

bus

पाेखरा।  टुटुंगाबाट बन क्याम्पस तर्फ अाउँदै गरेकाे पाेखरा माइक्राे बसले अमिनतारा स्थित एक घरमा क्षति पु¥याएको छ।

ग १ ख ३९९५ नम्बरको उक्त माइक्रोबसले घरको अग्रभागमा राती ८ बजेतिर ठक्कर दिएको स्थानीय सेते परियारले बताए । घरमा बाहिर पिढीमा कोही नभएकाले मानिसलाई भने केही नभएको बताइएको छ ।

बसको ठक्करबाट घरको छानामा सामान्य क्षति पुगेको छ । चालक र सहचालक भने सकुशल छन् । दुर्घटना पछि पुगेको प्रहरीका अनुसार चालकले मदिरा सेवन गरेर बस चलाएकाले उक्त दुर्घटना भएको जनाएका छन् ।

चालक र बसलाई वडा प्रहरी कार्यालय रामबजारले नियन्त्रणमा लिएको छ । वस थन्क्याउन लैजाने क्रममा रहेकाे हुँदा यात्रु भने नभएकाे सहचालकले बताए । बस नालीमा अड्कीएकाे अवस्थामा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ