बालकको आँखा नै ढाकियो, खर्च अभावमा उपचारबाट वञ्चित

बालकको आँखा नै ढाकियो, खर्च अभावमा उपचारबाट वञ्चित

Bk family

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङका ८ बर्षिय नगिन विकको आँखाको बाहिरी भागमा मासु पलाएपछि उपचारमा समस्या भएको छ ।

स्थानीय लमसुङ माविको कक्षा ३ मा अध्ययनरत विकको गत बैशाखदेखि दाइनेतर्फको आखाँको बाहिरी भागमा मासु पलाएको थियो । सुरुमा सामान्य सुनिएपनि क्रमिक रुपमा त्यो मासु पलाउँदै गएर आँखा नै ढाकिएपछि अहिले उनका घरपरिवारले विभिन्न अस्पतालहरुमा उपचारको लागि भौतारिएका छन् ।

कान्छो छोरा नगिनको आँखामा समस्या आएपछि पोखरा र काठमाण्डौका अस्पतालमा समेत पु¥याईएपनि अहिलेसम्म उपचार हुन नसकेको उनकी आमा उदीमायाँले बताइन् । सल्यक्रिया सहित उपचार गर्नुपर्ने र खर्च समेत धेरै लाग्ने डाक्टरहरुले सल्लाह दिएको कारण आफुहरु आर्थिक स्रोत जुटाउन समस्या भएको उनको भनाई छ ।

अहिले उनको भक्तपुर क्यान्सर अस्पतालमा उपचारको लागि पु¥याइएको विकका काका जीत बहादुर विकले बताउनुभयो ।

यसैबीच, विकको घरपरिवारको आर्थिक अबस्था कमजोर रहेको कारण उपचारमा सहयोग गर्न धौलागिरि गाउँपालिकाले सबैलाई आह्वान समेत गरेको छ ।

उपचारमा सहयोगका लागि: उदीमाया विक ९८०६१२६९३६

[उपचारमा साथ दिने सहयोगी मनहरुले गण्डक न्युजको अफिसियल फेसबुक पेजमा म्यासेज गर्नुहोला । यो अभियानमा साथ दिन हामी तयार छौं ।: सं.]

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ