नक्कली जग्गा देखाएर पटक–पटक ठगी

नक्कली जग्गा देखाएर पटक–पटक ठगी

jagga-khet-jamin

कालोपत्रे भएको मूल सडक नै बिक्री गरेको आरोपमा पक्राउ परेका धुलिखेल ४ का लोकेन्द्र तोलाङेले एकै समूहलाई नक्कली जग्गा देखाएर पटक–पटक ठगी गरेको खुलेको छ । काठमाडौं विश्वविद्यालय जाने मूल सडक २२ लाखमा बिक्री गरेका उनले सोही प्रकरणमा ठगिएका भक्तपुरका प्रवीण बाटी, लक्ष्मीप्रसाद प्रजापतिलाई विश्वासमा पारेर पटक–पटक ठगेको भेटिएको हो ।

लोकेन्द्रकै मध्यस्थतामा कात्तिकेदउराली–७ घर भई पाँचखाल–१० बस्ने रणबहादुर सार्कीले भक्तपुर–२ का बाटी र प्रजापतिलाई पाँचखाल १० स्थित बीपी राजमार्ग छेउको जग्गा देखाएर बालुवाको ५ रोपनी जग्गा बिक्री गरेका थिए । २४ लाख रुपैयाँमा कारोबार गरी एउटा जग्गा देखाएर अर्को पास गरेको भन्दै बाटी र प्रजापतिले जिल्ला प्रशासनमा ‘जीउधनको रक्षा गरी पाऊँ’ भन्दै निवेदन दिएका छन् ।

लोकेन्द्रले नै बाटी र प्रजापतिको समूहलाई श्रीखण्डपुर ७ को ७ रोपनी ५ आना जग्गा ४० लाखमा राजीनामा पास गरेर अर्कै भीर पाखा पास गरिदिएका छन् । ‘विश्वासिलो कुरा गरेर उसको नियत नै फसाउने रहेछ,’ पीडितमध्येका प्रवीण बाटीले भने, ‘विश्वासमा पर्दा पटक पटक फसियो ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds