रहेनन् मुस्ताङका पञ्चायतकालिन नेता तथा पूर्व यातायात सहायकमन्त्री हिराचन

रहेनन् मुस्ताङका पञ्चायतकालिन नेता तथा पूर्व यातायात सहायकमन्त्री हिराचन

xxx

सुन्दरकुमार थकाली, मुस्ताङ । सिंगो मुस्ताङले चिन्ने, सबैको मन मष्तिकमा अमिट छाप कायम गर्न सफल मुस्ताङ जिल्ला मार्फा गाउका एक पञ्चायतकालिन हस्ती हुन् नरबहादुर हिराचन । शुक्रबार दिउँसो यो संसारबाट उनले बिदा लिए । अब मुस्ताङका जनताले नरबहादुर हिराचनलाई भौतिक रुपमा देख्न पाउने  छैनन् ।

मार्फा गाउका मात्रै होईनन् पञ्चायतकालिन नेता हिराचन समग्र मुस्ताङ जिल्लाकै अभिभावकको रुपमा उनलाई हेरिन्थ्यो । पञ्चायतकालिन नेता हिराचन २०३२ सालमा पहिलो पटक राष्ट्रिय पञ्चायतका सदस्य भएका थिए । त्यसपछि उनी २०३५ सालमा पूनः राष्ट्रिय पञ्चायत सदस्य बन्न पुगे ।

राष्ट्रिय पञ्चायत सदस्यको दोश्रो कार्यकालमा हिराचन निर्माण तथा यातायात सहायकमन्त्रीको कार्यभार संम्हाल्ने अवसर प्राप्त गरेका थिए । सो कार्यकालमा क्याबिनेट मन्त्री हरिशचन्द्र महतको कारणबश राजिनामापछि उनले केही समय क्याबिनेट मन्त्रीको कार्यभार संम्हाल्ने मौका पाए ।क्याबिनेट मन्त्री हुदा हिराचनले बाँके कोहलपूरको महेन्द्र राजमार्ग सडक निर्माण गरेका थिए ।

पूर्व मन्त्री हिराचन पञ्चालयतकालिन ३० वर्षिय शासनकाल अवधिमा  पञ्चायत नीति तथा जाँचबुझ समितिको सदस्यमा नियूक्त भएका थिए । यो पद राष्ट्रिय पञ्चायत सदस्य जक्तिकै महत्व राख्थ्यो । हिराचनको मन्त्री स्तरियकार्यकालमा उहाँले उत्तरी कोरलानाकाको तिब्बत संग मुस्ताङको व्यापारिक संम्वन्ध सुमधुर गरेका थिए । सम्वन्ध बिस्तारपछि नेपालीहरु चीनको तिब्बती भूमीको ३० किलोमिटरक्षेत्र भित्र निर्वाध आवत जावत गर्ने सक्ने तथा खुल्ला व्यापार गर्न सक्ने व्यवस्था मिलाएका थिए ।

पूर्व मन्त्री हिराचनले थुप्रै संघ संस्थामा योगदान पू¥याएका व्यक्तित्व हुन् । हिराचन मुस्ताङमा गठन भएको नेपाल रेडक्रस सोसाईटी जिल्ला कार्यसमितिको संस्थापक अध्यक्ष  थिए । उनकै रेडक्रस कार्यकालमा जोमसोममा ४ कोठे रेडक्रस भवन निर्माण भएको हो । पूर्वमन्त्री हिराचन बाल संगठनमा आवद्ध हुदै बाल हकअधिकारका लागि योगदान पू¥याएका थिए ।

पूर्वमन्त्री नरबहादुर हिराचनको शनिबार दिउसो २ बजे पोखरामा निधन भएको उहाँको पारिवारीक श्रोतले बताएको छ ।उनको पार्थिव शरिरलाई अहिले हेलिकप्टर मार्फत मार्फा ल्याईएको मुस्ताङ जीप तथा बस व्यवसायी समितिका अध्यक्ष राजु लालचनले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ