राती सुत्नुअघि खानुहोस नरिवलको एक टुक्रा, शरिरलाई गर्छ यस्ता सात फाइदा

राती सुत्नुअघि खानुहोस नरिवलको एक टुक्रा, शरिरलाई गर्छ यस्ता सात फाइदा

nb
नरिवलको प्रयोग सामान्यतया पूजा पाठमा हुने गर्दछ । तर तपाईंलाई थाहा छैन होला नरिवलको एक टुक्राले शरिरलाई कस्ता फाइदा पुर्याउँछन् । यसले शरिरको रोग प्रतिरोधी क्षमता वृद्धि गर्नुका साथै स्मरण शक्ति बढाउँछ । लण्डनबाट पीएचडी गरेकी भोपालकी गिताञ्जली शर्माले यसका अन्य फाइदाबारे जानकारी दिएकी छिन् ।

डाक्टर शर्माका अनुसार नरिवल भिटामिन, मिनरल्स, कार्बोहाइड्रेट र प्रोटिनको राम्रो स्रोत हो । गर्मीमा यसले शरिरलाई शितलता प्रदान गर्छ । काँचो नरिवलमा पानीको मात्रा पनि हुन्छ त्यसकारण शरिरलाई हाइड्रेट गर्दछ । यसले कपाल र छालालाई स्वस्थ बनाउँछ ।

यदि तपाईंलाई कब्जियतको समस्या छ भने नरिवलको एउटा ठूलो टुक्रालाई खाएर सुत्नुहोस् । बिहान तपाईंको पेट सफा हुन्छ । यसमा फाइबर पाइने भएकाले पेट सफा गर्दछ । जसलाई गर्मीमा नाकबाट रगत आउँछ, उनीहरुका लागि यो औषधीजस्तै हो । यसलाई मिश्रीसँग खाँदा नाकबाट रगत आउने समस्या समाधान हुन्छ ।

यदि कसैलाई बान्ता आइरहेको छ भने नरिवलको टुक्रा मुखमा राखेर केही बेरसम्म चपाउँदा रोकिन्छ । साथै, नरिवलमा गुड कोलेस्ट्रोल पाइन्छ जसले मुटुलाई स्वस्थ राख्न सहयोग गर्दछ । यो एक एन्टिबायोटिक हो, यसले हरेक प्रकारको एलर्जी हटाउन सहयोग गर्दछ ।

नरिवलको तेल राम्रो सनस्क्रिन हो । घाममा निस्कनु अघि यसलाई छालामा लगाएर निस्कनुहोस् । डण्डिफोरबाट राहत पाउनका लागि घिरौंलाको रसमा नरिवलको पानी मिसाएर अनुहारमा लगाउनुहोस् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds