तनहुँमा राष्ट्रिय परिचय पत्रको विवरण दर्ता सुरु

तनहुँमा राष्ट्रिय परिचय पत्रको विवरण दर्ता सुरु

Hari Chuman

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँमा सोमबारबाट राष्ट्रिय परिचय पत्रको विवरण दर्ता कार्यक्रमको शुभारम्भ गरिएको छ । अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई सहज रुपमा नियन्त्रण गर्न टेवा पुर्याउने उद्देश्यले राष्ट्रिय योजनाको पहिलो चरणमा राष्ट्रिय परिचय पत्रको विवरण दर्ता थालिएको हो ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले आफ्नो व्यक्तिगत तथा जैविक विवरण दर्ता गराएर कार्यक्रमको शुभारम्भ गरेका हुन् । कार्यक्रममा बोल्दै मन्त्री चुमानले अहिलेको युग आधुनिक प्रविधिले उत्कर्षमा पुगेको बताए ।

उनले प्रविधि विकासले अझ नयाँ-नयाँ प्रविधिले ठाउँ पाउने बताए । प्रविधिको प्रयोगसँगै नागरिकता समेत विस्थापित हुने अपेक्षा उनको छ ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले व्यक्तिगत तथा जैविक विवरणबाट बनेका राष्ट्रिय परिचय पत्रले अपराधिक गतिविधिमा संलग्न हुने व्यक्तित्वलाई पक्रन सहज बनाउने बताए । सञ्चार माध्यमहरुले परिचय पत्र लिन प्रोत्साहित गर्दै राष्ट्रिय परिचय पत्रको बारेमा जानकारी गराउन उनको सुझाव छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जिल्ला प्रशासनबाट राष्ट्रिय परिचयपत्र बहुआयमिक बनाउने लक्ष्यका साथ सरकारले ल्याएको प्रावधानलाई उपयोग गर्नुपर्ने बताए ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ