ब्रेकिङ न्युजः धरानबाट भैरहवा जादै गरेको बस पुर्वी नवलपरासीमा दुर्घटना: पाँचको मृत्यु, ४८ जना घाइते

ब्रेकिङ न्युजः धरानबाट भैरहवा जादै गरेको बस पुर्वी नवलपरासीमा दुर्घटना: पाँचको मृत्यु, ४८ जना घाइते

accident

नवलपरासी । धरानबाट भैरहवा जादै गरेको बस आइतबार बिहानै पुर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर ११ मा दुर्घटना भएको छ । उक्त बस दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन् ।

पुर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर ११ मा धरानबाट भैरहवा जादै गरेको लु १ ख ८४५४ नम्बरको यात्रु बहाक बस आफै अनियन्त्रित भई पल्टिदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । घाइतेहरु मध्य ३३ जनाको भरतपुर अस्पतालमा उपचार भैरहेको छ ।

अन्य सामान्य घाइतेको स्थानिय मेडीकल अरुणखोलामा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ । तिव्र गतिका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका एसपि रमेश थापाले जानकारी दिए । दुर्घटना बिहान ४;३० बजे भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ