नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशको चुनाबमा कसले मार्ला त बाजी ?

नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशको चुनाबमा कसले मार्ला त बाजी ?

rajesh vs baburam

पोखरा । आउँदो मंसिर २८ गते हुने नेपाल इन्जिनियर्स एसोसिएसनको गण्डकी प्रदेशको चुनाबमा दुई प्यानल हुने पक्का भैसकेको छ । काँग्रेस निकट डेमोक्रेटिक र नेकपा निकट प्रोग्रेसिभ बिच  प्रतिश्पर्धा हुने भएको छ । डेमोक्रेटिकबाट अध्यक्षमा ईन्जिनियर राजेश भट्टराईले उम्मेदवारी दिएका छन् भने आर्किटेक इञ्जिनियर बाबुराम भण्डारी प्रोग्रेसीभ समूहको अध्यक्ष छन् ।भट्टराई र भण्डारी दुवै जना इन्जिनियरिंग अध्ययन संस्थान,पस्चिमान्चल क्याम्पस लामाचौरमा अध्यापन पेशामा संलग्न छन् ।

उम्मेदवार मनोनयन पश्चात सामुहिक तस्बिर खिचाउँदै डेमोक्रेटिक समूहका पदाधिकारीहरु

डेमोक्रेटिक समूहको तर्फबाट उपाध्यक्षमा विनोद प्रसाद हेंज्यूले उम्मेदवारी दिएका छन् । सचिवमा सन्तोष जिसि, सहसचिवमा सन्तोषकुमार बराल र कोषाध्यक्षमा सरला श्रेष्ठको मनोनयन परेको छ ।

सदस्यहरुमा हरि प्रसाद अधिकारी, उदय राज ढुंगाना, सुरेन्द्र पौडेल, शंकर लामिछाने, दीपेन्द्र रावल, आनन्द सापकोटा, सुजन पण्डित, शंकर कंडेल, रमेश सुवेदी र सुश्मा बराल छन् । समूहबाट केन्द्रिय सदस्यमा रमेश बास्तोला उम्मेदवार बनेका छन् ।

उम्मेदवार मनोनयन पश्चात सामुहिक तस्बिर खिचाउँदै प्रोग्रेसिभ समूहका पदाधिकारीहरु

प्रोग्रेसिभ समूहको उपाध्यक्षमा इञ्जिनियर धु्रवराज भट्टराई, सचिवमा इञ्जिनियर दीपक थापा, सहसचिव इञ्जिनियर विष्णुप्रसाद खनाल र कोषाध्यक्षमा इञ्जिनियर सोवितबहादुर क्षेत्रीले उम्मेदवारी दिएका छन् ।

यस्तै प्रोग्रेसिभकै  सदस्यमा इन्जिनियरहरु हरिकला थापा गुरुङ, केशव बस्नेत, कृष्ण प्रसाद पौडेल, हरि केसी, राम कुमार श्रेष्ठ, बिमल आचार्य, भगवान कुँवर, प्रदिप न्यौपाने, सर्मिला गौतम र अनिश कुमार ढकालको उम्मेदवारी परेको छ ।

मंसिर ३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।नेपाल इन्जिनियर्स एसोसिएसनको गत बर्षको चुनाबमा ९ जनाको कार्यसमिति मध्ये सचिब पदमा प्रोग्रेसीभ समुहले जित हाँसिल गरेको थियो भने अध्यक्ष सहित अन्य सबै पदमा डेमोक्रेटिक समूह बिजयी भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

सूर्य तिमिल्सिना

सूर्य तिमिल्सिना

तिमिल्सिना गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ