साउन २ गते नेपाल बन्द: लोकसेवा विज्ञापन विरुद्ध जनजाति महासंघको काम

साउन २ गते नेपाल बन्द: लोकसेवा विज्ञापन विरुद्ध जनजाति महासंघको काम

20190715_175018

पोखरा । लोकसेवा आयोगले प्रकाशित गरेको विज्ञापन समावेशी सिद्धान्त विपरित भएको भन्दै नेपाल आदिवासी जनजाति महासंघ आन्दोलित बनेको छ । उसले आगामी साउन २ गते नेपाल बन्दको आव्हान गरेको छ ।

जिल्ला समन्वय परिषद्, कास्कीले पनि केन्द्रीय कार्यक्रमप्रति ऐक्येबद्धता जनाउँदै स्थानीय स्तरमा समेत दबाब दिने जनाएको छ । परिषद्ले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी नेपाल बन्दको बारे जानकारी दिएको हो । साथै असार ३१ गते मंगलबार बेलुकी ५ बजे पोखराको सिद्धार्थचोक देखि महेन्द्रपुल सम्म मसाल जुलुस निकाल्ने कार्यक्रम रहेको समेत परिषद्ले जनाएको छ ।

नेपालको संविधान (पहिलो संशोधन), २०७२ को धारा ४२ को उपधारा १ मा सामाजिक न्यायको हक मा स्पष्ट व्यवस्था भएर पनि सरकारले लोकसेवा आयोगको विज्ञापनमा देशमा रहेका हरेक तह र तप्कालाई अधिकारबाट बञ्चित गर्ने कुचेष्टा गरिएको आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कास्कीका अध्यक्ष धर्म बहादुर तमुले बताए ।

आन्दोलन कुनै द्वन्द्व,त्रासको लागि भन्दा पनि संविधानको रक्षाको लागि भएको उनले बताए । उनले भने , सरकारले संविधानमा भएको कुरालाई नै बेवास्ता गर्दै हटाउन खोजेको छ । त्यसैले कुनै द्वन्द्व,त्रासको लागि भन्दा पनि संविधानको रक्षाको लागि आन्दोलन गरेका हौँ । सरकारले अव्यवस्थित, असमानुपातिक र एकल केन्द्रीकृत राज्यसत्तामा रहेका एकल जातिवादी हिसाबले विज्ञापन गरिएको समेत उनले आरोप लगाए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ