आईसीसी विश्वकप टी–२० एसिया उपक्षेत्रीय छनोट: नेपाल बन्यो च्याम्पियन, यस्तो छ विश्वकप टी-ट्वान्टी खेल्ने अबको बाटो

आईसीसी विश्वकप टी–२० एसिया उपक्षेत्रीय छनोट: नेपाल बन्यो च्याम्पियन, यस्तो छ विश्वकप टी-ट्वान्टी खेल्ने अबको बाटो

Winner Photo

आईसीसी विश्वकप टी–२० एसिया उपक्षेत्रीय छनोट प्रतियोगिताको विजेता बन्दै नेपाल अघिल्लो चरणमा प्रवेश गरेको छ । सिंगापुरसँग शुक्रवार भएको अन्तिम खेल वर्षाले प्रभावित भएपछि नेपाल नेट रनरेटका आधारमा विजेता बनेको हो । ६ खेलबाट समान ११ अंक जोडेको सिंगापुर उपविजेता बनेको छ ।

८२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ३ बल मात्र खेल्दा पानी परेपछि खेल रोकिएको थियो । नेपालले ३ बलमा १ विकेट गुमाएर १ रन जोडेको थियो । अनिल साह रनको खाता नै नखोली आउट भएका हुन् । खेल रोकिँदा क्रिजमा कप्तान पारस खड्का र विनोद भण्डारी थिए ।मलेसियाको क्वालालाम्पुरमा यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सिंगापुर १७ ओभर ३ बलमा ८१ रन जोड्दा अलआउट भएको थियो ।

सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले ४, सोमपाल कामी र करण केसीले समान २ तथा वसन्त रेग्मी र ललितनारायण राजवंशीले १-१ विकेट लिए । सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वा्धिक २५ तथा मनप्रित सिंह र सिद्धान्तले समान १० रन जोड्नुबाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

प्रतियोगिताबाट नेपाल, सिंगापुर र मलेसिया अघिल्लो चरणमा प्रवेश गरेका छन् । एसियाको पश्चिम क्षेत्रीय छनोटबाट युएई, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन् ।

अब यी छ टोलीबीच दोस्रो चरणको छनोट प्रतियोगिता हुनेछ । सो प्रतिस्पर्धाबाट शीर्ष दुई टोली अन्तिम चरणको छनोटका लागि छानिने छन् । अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने छ । १४ मध्ये छ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन् । विश्वकप टी-ट्वान्टी सन् २०२० मा अष्ट्रेलियामा हुँदैछ ।

कीर्तिमानी सन्दीप

सन्दीप लामिछमाने एकै प्रतियोगितामा नेपालको लागि सर्वा्धिक विकेट लिने खेलाडी बनेका छन् । उनले प्रतियोगिता भरी कुल २४ विकेट लिए । शुक्रबार सिंगापुरसँगको खेल अगाडि सन्दिपले ५ खेलमा २० विकेट लिइसकेका थिए । शुक्राबार चार विकेट थप्दै सन्दीप नेपालका किर्तीमानी बलर बनेका हुन् ।

यसअघि बसन्त रेग्मीले २०१२ को विश्व क्रिकेट लिग डिभिजन-४ मा २१ विकेट लिएका थिए । सो प्रतियोगिता पनि मलेसियामा नै भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ