नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको तयारी अन्तिम चरणमा

नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको तयारी अन्तिम चरणमा

JCI logo

पोखरा । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासलाई आधारमा मानी आफ्ना क्रियाकलापहरु संचालन गर्दै आइरहेको जेसीज युवाहरुको विश्वव्यापी सञ्जालको रुपमा परिचित छ ।

नेपालमा मात्रै ५४ वर्ष पूरानो इतिहास बोकेको यस संस्थाको आफ्नै बिशेष गरिमा बोकेको पाईन्छ । नेपालभरी छरिएर रहेका शाखाहरुलाई ४ क्षेत्रमा बाँडिएको छ । जसमा हेटौंडा, बिरगंज, चितवन हुँदै गण्डकी साविक गण्डकी र धौलागिरी अञ्चल क्षेत्रका ३२ वटा शाखाहरुको क्षेत्र ‘ख’ सम्मेलन आगामी असोज ५ र ६ गते पर्वतको कुस्मामा हुँदैछ ।

होष्ट च्याप्टरको रुपमा पर्बत जेसीजले तयारी गरिरहेको छ । तयारी अन्तिम चरणमा पुगेको सम्मेलन निर्देशक तथा पर्बत जेसीजका पूर्व अध्यक्ष बसन्त कुमार कर्माचार्यले जानकारी दिए । कुष्मा सानो ठाउँ भएपनि सम्मेलनमा आउनेलाई कुष्माबासीबाट न्यानो आतिथ्यता दिई अविष्मरणीय बनाउन कुनै कसर नराख्ने पर्वत जेसीज वर्ष २०१८ का अध्यक्ष जेसी राजन जोशीको भनाई छ ।

उक्त कार्यक्रममा यस वर्षका नेपाल जेसीजका अध्यक्ष जेसीआई सिनेटर श्रीधर बस्यालको प्रकरण ‘yes we shine by rising responsibility’  भन्ने प्रकणरमा थिम सेमिनार समेत हुने र सेमिनारमा वक्ताका रुपमा बद्री पाण्डे र ठाकुर गैह्रैको समेत उपस्थिती रहने भएको छ । उक्त सम्मेलनमा डेलिगेट्स र अन्य आगन्तुक पाहुनाहरु गरी सात सय जना सम्मको उपस्थिती रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds