प्रहरीलाई ५ सय रुपैयाँ घुस दिने लमजुङका अधिकारी पक्राउ

प्रहरीलाई ५ सय रुपैयाँ घुस दिने लमजुङका अधिकारी पक्राउ

Nepalese_Obverse_

काठमाडौं । प्रहरीलाई ५ सय रुपैँया घुस दिने एक ब्यक्ति पक्राउ परेका छन् । शुक्रबार राति लमजुङ भई हाल काठमाडौँमा बस्दै आएका ४२ वर्षीय रामशरण अधिकारीले प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोजेको आरोपमा पक्राउ परेका हुन् ।
काठमाण्डौँको बाफलमा डिउटीमा खटिएका प्रहरीलाई बा २५ प ४१४६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक अधिकारीले कानुनी कारवाहीबाट बच्न कानुन विपरित प्रहरीलाई ५ सय रुपैँया दिन खोजेका हुन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ