निर्मलालाई न्याय दिलाउन चलेको आन्दोलनमा घाईते भएकालाई सांसद घलेको आर्थिक सहयोग

निर्मलालाई न्याय दिलाउन चलेको आन्दोलनमा घाईते भएकालाई सांसद घलेको आर्थिक सहयोग

GHale sahayog

नेगम परियार, मनाङ । निर्मला प्रकरणमा घाईते भएका अर्जुन भण्डारी र उमेश देउबालाई मनाङबासी नेपाली कांग्रेसका नेता तथा ब्यबसायी सांसद कर्मा घलेले आर्थिक तथा लत्ताकपडा सहयोग गरेका छन ।

बलात्कार पछि हत्या गरिएकी १३ वर्षिया बालिका निर्मला पन्तलाई न्याय दिलाउन भन्दै चलेको आन्दोलनमा प्रहरीको गोली लागी गम्भीर घाईते भएका भण्डारी र देउबालाई उपचार भैरहेको काठमाडौको त्रिबि शिक्षण अस्पतालमै पुगी सहयोग गरेका हुन ।

अस्पतालमा उपचारार्थ घाईते भण्डारी र देउबालाई आवश्यक परे जस्तो सुकै सहयोग गर्न तयार रहेको बताउदै सांसद घलेले स्वास्थ्यलाभको कामना समेत गरेका छन । उपचार खर्च सरकारले बेहोर्ने भनेता पनि बिरामी कुरुवा आउने जाने खर्च लगायतका कुराहरु अपुग भए पछि बिडित पक्षलाई समस्या परेको थियो ।

हिमाल पारीको जिल्ला मनाङबाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सांसद बनेका घले एक चर्चित तथा सफल ब्यापारी पनि हुन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ