उत्तर कोरियाबाट नेपालमा साइबर हमलाको खतरा ! विभिन्न देशका बैंकबाट पैसा लगेको खुलासा

उत्तर कोरियाबाट नेपालमा साइबर हमलाको खतरा ! विभिन्न देशका बैंकबाट पैसा लगेको खुलासा

North-Korea

काठमाडौं- उत्तर कोरियाबाट नेपालमा साइबर हमला हुन सक्ने आशंका गर्दै नेपालमा उच्च सतर्कता अपनाउन थालिएको छ । उत्तर कोरियाले उच्चस्तरका साइबर हमलाहरू गर्दै विभिन्न देशका बैंकबाट पैसा लगेको समाचार सार्वजनिक भएपछि नेपालमा पनि वित्तीय संस्थाहरूलाई सचेत गराइएको छ ।

राष्ट्रसङ्घको एउटा गोप्य प्रतिवेदनमा उत्तर कोरियाले आफ्ना हातहतियार परियोजनाका लागि साइबर हमला गरेर झन्डै दुई अर्ब डलर अवैध रूपमा जुटाएको आरोप लगाएको बीबीसीले उल्लेख गरेको छ ।

यस्तो खबर सार्वजनिक भएपछि नेपालमा पनि हुनसक्ने सम्भावित त्यस्तो हमला रोक्न विभिन्न खाले उपयाहरू अपनाउन वित्तीय संस्थाहरूलाई जानकारी गराइएको अधिकारीहरूले बताए। उत्तर कोरियाले नेपालको एउटा बै‌कबाट पनि ठूलो रकम ह्याकिङमार्फत् लगेको पुष्टि भइसकेकाले पनि सतर्कता अपनाउन आह्वान गरिएको अधिकारीहरू बताउँछन्।

नेपाल प्रहरीका अधिकारीहरूका अनुसार उत्तर कोरियाली ह्याकरहरूको समूहले सन् २०१७ को अक्टोबरमा नेपालको एउटा ब्याङ्कबाट रकम चोरी गरेका थिए। त्यसबेला ४६ करोड रुपैयाँभन्दा बढी चोरिएको भए पनि ह्याकरहरूले ४ करोड रुपैयाँ बराबर मात्र लिन पाएको अधिकारीहरू बताउँछन्।

नेपालमा भाइरस आक्रमण र ह्याकिङ धेरै हुने गरेको छ । त्यस्तै अनलाइनबाट हुने ठगी र झुक्याएर रकम असुल्ने जस्ता कार्य हुने गरेको लामिछानेले बताए । कतिपय ह्याकरहरूले नेपालको कम्प्युटर प्रणालीलाइ प्रोक्सी बनाएर अन्यत्र हमला गर्ने गरेको पनि देखिएको कतिपय प्राविधिकहरू बताउँछन् ।

नेपाल सरकारले विकास भएका नयाँ प्रविधिहरूलाई समेट्ने गरी नीति नियमहरू नबनाउदा कतिपय अवस्थामा साइबर खतरालाई समयमै पहिचान गर्न समाधान गर्न अप्ठेरो हुने गरेको लामिछानेको तर्क छ । सरकारले करिब एक महिनाअघि मात्र नेपालमा हुनसक्ने साइबर हमलाहरू रोक्ने तथा आक्रमणहरूको पूर्वसूचना सङ्कलन गर्ने भन्दै राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्रको स्थापना गरेको छ ।

उक्त केन्द्रका लागि पनि जनशक्ति अभाव मुख्य चुनौती हुने विज्ञहरूले बताउँदै आएका छन् । सरकारी अधिकारीहरूले चाहिँ उक्त केन्द्र सञ्चालनका लागि उपयुक्त जनशक्तिको व्यवस्थापन गरिरहेको बताउने गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds