आगामी साताबाट एकदिवसीय क्रिकेट विश्वकपको माहाले सुरु भएको छ। विश्वकप मिति नजिकिएसँगै खेलाडीहरू अभ्यास र फिटनेसका लागि व्यस्त हुनुपर्ने हो। तर, भारतीय खेलाडीको अनौठो प्यासन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
खेलाडीहरू इंग्ल्यान्ड प्रस्थान गर्नुअघि एयरपोर्टमा आफ्ना ग्याजेटहरू निकालेर पब्जीमा व्यस्त भएको फोटो सामाजिक सन्जालमा भाइरल भएको हो। भारतले २४ मे बाट २८ मे सम्म इंग्ल्यान्डमा अभ्यास खेल खेल्दै छ। जसका लागि खेलाडी विश्वकप सुरु हुनु एक हप्ताअघि नै इंग्ल्यान्डतर्फ प्रस्थान गरेको छ ।
प्रशिक्षक रवि शास्त्रीले भारतीय टिम विश्वकपमा उपाधिका लागि बलियो प्रतिद्वन्द्वी भएको भन्दै कोहलीको कप्तानीमा भारतले विश्वकप जित्ने विश्वास व्यक्त गरे। भारतले अहिलेसम्म दुईपटक विश्वकप जितेको छ। पहिलोपटक कपिल देवको कप्तानीमा १९८३ मा जित्दा दोस्रोपटक २०११ मा जित्न सफल भएको थियो । योपटक पनि भारतीय टिम दाबेदार मानिएको छ । विराटको उत्कृष्ट फर्म भारतको जित्ने मुख्य आधारका रूपमा रहेको छ ।
सम्बन्धित खबर
पोखराको लेकसाइडबाट अवैध लागु औषध र नगदसहित ४ जना पक्राउ
पोखरामा हराएको १७ लाख रुपैयाँ फेलापारी सम्बन्धित धनीलाई फिर्ता
पोखराको राष्ट्र बैंक चोकमा स्कार्पियो र हाइस ठोक्किँदा ८ जना पर्यटक घाइते
पत्रकार फणिन्द्र र उनका परिवारलाई धम्की दिने क्षेत्रीलाई कारवाही गर्न माग
एसईईको तयारी पूरा
पोखरा -१५ ठूलीमजुवामा मोटरेबल पुलको शिलान्यास
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग